राजनीति/ समाज
राप्रपाको महाधिवेशन आजबाट सुरु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आज (बुधबार) बाट काठमाडौँमा सुरु हुँदैछ । तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हुन लागेको हो । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको राप्रपा नेतृ कुन्ती शाहीले जानकारी दिइन् । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री...
कांग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा
भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् । पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरे । उनले राजीनामा स्वीकृत गर्नका लागि...
नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटीको अध्यक्षमा कालाखेती
मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी कमिटीको अध्यक्षमा रामप्रसाद कालाखेती चयन भएका छन् । मंगलबार रजैयामा भएको पालिका सम्मेलनले कालाखेतीको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन गरेको माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन पृथकले जानकारी दिएका छन् । त्यस्तै कमिटीको उपाध्यक्षमा हिरालाल स्याङ्तान र गोविन्द घलान, सचिवमा संजिव पाठक, सहसचिवमा शोभा...
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरको अध्यक्षमा थापा मगर
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको मंगलबार सम्पन्न सम्मेलनले अध्यक्षमा तिर्थ थापामगरलाई सर्वसम्मत रुपमा चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा महिलातर्फ सोनी गुरुङ, कोषाध्यक्षमा तारादेवी मोक्तान, सहसचिवमा रामकुमार बानियाँ सर्वसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्ष महिला एक जनासहित ३ जना हुनुपर्नेमा खुल्लातर्फबाट २ जना बाँकी रहेको...
पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छ : अध्यक्ष डा. लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तानन्तरण गर्न अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष लोहनीले देशभरबाट छनोट...
मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावको मत विभाजन भने बुधबार बस्ने बैठकमा गराइने भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सदस्यहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप...
एमाले महाधिवेशन: पदाधिकारीमा पूर्वमाओवादीका ३ जना निर्वाचित
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनको मत परिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट निर्वाचित भएका छन् । उनीहरुको नाम एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेश गरेका थिए । एमालेकै...
एमाले महाधिवेशन: सचिवमा भीम आचार्य र टंक कार्की पराजित
चितवन । नेकपा एमालेमा सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र कंक कार्की भने पराजित भएका छन् । गोकर्णले १९७६...
उपाध्यक्षमा भुसाल पराजित, शाक्यको सबैभन्दा धेरै मत
चितवन । नेकपा एमालेको उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन् । उनी ७३५ मतका साथ पराजित भएका हुन् । ६ जना उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेकामध्ये भुसालले सबैभन्दा कम मत प्राप्त गरेका हुन् । यस्तै, सोही पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य भने...
एमाले महाधिवेशन: भीम रावलले पाए २२३ मत
चितवन । नेकपा एमालेका अध्यक्ष पदको निर्वाचनमा डा. भीम रावलले २२३ मत पाएका छन् । अर्का उम्मेदवार केपी शर्मा ओलीले १ हजार ८ सय ८ मत पाएर अध्यक्ष निर्वाचित हुँदा रावलले भने २२३ मत प्राप्त गरेका हुन् । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको...









