राजनीति/ समाज
एमाले अध्यक्षमा केपी ओली निर्वाचित
चितवन । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा ओली पुनः निर्वाचित भएका हुन् । आज (मंगलबार) बिहान भएको मतदानको मत परिणाम अनुसार ओली भारी मतले अध्यक्ष पदमा विजयी भएका हुन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार,...
नेकपा एमाले केन्द्रीय समितिको पहिलो बैठक सौराहामा नै बस्ने
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा नै बस्ने भएको छ । पार्टीका नेता विष्णु रिजालका अनुसार, मंगलबार निर्वाचन समितिले अन्तिम मतपरिणाम दिएपछि नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामा नै बस्ने भएको हो । नेकपा एमालेको नयाँ नेतृत्व चयनका...
एमाले महाधिवेशन: मत परिणाम ४ घण्टाभित्र सार्वजनिक हुने
चितवन । एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । मतगणना १ बजेबाट सुरु हुने जनाइएको...
‘निर्वाचन भएकोमा खुशी छु, तर मतदानका क्रममा आचारसंहित विपरितको गतिविधि गरियो’
मकवानपुर । नेकपा एमालेका नेता एवम् अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद दिएका छन् । उनले मतदानका क्रममा आचारसंहिता विपरितको गतिविधि भएको भन्दै आपत्तीसमेत जनाए । उनले समूहगत सूची वितरण गरिएको प्रति आफूले...
एमाले महाधिवेशन : सकियो मतदान
चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन भर्खरै सकिएको छ । करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिको अनुमान छ । तर, मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक...
विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन
धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिएका हुन् । निरीक्षणकै क्रममा मन्त्री आलेले विमनस्थलमा...
निर्वाचन परिणाम स्वीकार्छु : नेता रावल
भरतपुर । नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिkp-sएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताए । सौराहमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् । निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो ।...
मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त...
माओवादी केन्द्र कैलाश गाउँपालिका अध्यक्षमा मल्ल चयन
मकवानपुर । नेकपा (माओवादी केन्द्र) को कैलाश गाउँपालिका अध्यक्षमा बालकुमार मल्ल चयन भएका छन् । सोमबार भएको अधिवेशनले मल्लको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ठाकुर सिं थिङ र लाल सिं गुरुङ, सचिवमा कमल अर्याल, सह–सचिवमा रवीन्द्र थिङ र सुजाता फँयाल, कोषाध्यक्षमा सुनिता...
एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु
चितवन । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले) का...







