राजनीति/ समाज
नेकपा एमालेको पोलिट्ब्यूरो बैठक सोमबार बस्दै
काठमाडौं । नेकपा एमालेको पोलिट्ब्यूरो कमिटीको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, भोलि बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुनेछ । पोलिट्व्यूरो...
कांग्रेस बागमतीको कार्यसमिति सदस्यमा मकवानपुरका प्रजासहित १६ जना मनोनित
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यमा १६ जना मनोनित भएका छन् । कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आइतबार मकवानपुरका सन्तबहादुर प्रजासहित १६ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् । सभापति बानियाँले विधानको धारा १३ (६) को झ बमोजिम उनीहरुलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको कांग्रेस बागमती प्रदेश...
समाजवादीको एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरले स्थानीय तह निर्वाचन तयारीका लागि १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीको शनिबार हेटौंडामा बसेको सचिवालय बैठकले एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो । कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका...
मनहरी–२ मा कांग्रेसको टोल कमिटी गठन
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा नेपाली कांग्रेसको टोल समिति गठन गरिएको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ को आयोजनामा शनिबार भएको भेलाले मिलटोल तिनतल्ले टोल समिति गठन गरेको हो । भेलाले प्रताप स्याङ्तानको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । यस्तै,...
हेटौंडामा ४५ जनाले गरे रक्तदान
मकवानपुर । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ ले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल तरुण दलका नेता स्वर्गीय प्रल्हाद चौलागाईको स्मृतिको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । तरुण दल हेटौंडा–८ का अध्यक्ष अच्युतम पौडेलको अध्यक्षतामा सम्पन्न...
हेटौंडा–८ का ५५ जना कांग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने देवनगरका ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार कांग्रेस हेटौंडा–८ देवनगर टोल समितिद्वारा आयोजित वनभोज कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेसीलाई कांग्रेस मकवानपुरले हेटौंडा–८ का लागि पठाएका वडा प्रतिनिधि प्रदिप कोइराला तथा...
मकवानपुरको छतिवनमा कांग्रेसको टोल समिति गठन
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ गरगरे छतिवन तामाओलामा नेपाली कांग्रेसको टोल समिति गठन भएको छ । कांग्रेस मकवानपुरले खटाएको पार्टी प्रतिनिधि गोबर्धन गौतमको संयोजकत्वमा शुक्रबार टोल समिति गठन गरेको हो । श्यामबहादुर राइको अध्यक्षतामा १७ सदस्यीय टोल समिती गठन गरिएको हो । यसैगरी, समिति सचिवमा पुस्कल...
सुपिङका जेष्ठ नागरिकलाई सुरक्षास्वर महादेव खैजडी भजन समूहको सम्मान
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर– ५ सुपिङ्का ७२ जना जेष्ठ नागरिकहरुलाई शुक्रबार सम्मान गरिएको छ । सुरक्षास्वर महादेव खैजडी भजन समूहले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट आज वडाका ७२ जना जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको आयोजना गरी भोजन गराउनुको साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । सोही कार्यक्रममा...
स्थानीय तह निर्वाचन : बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार, उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । यस्तै, आयोगले उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक...
हेटौंडा–८ को कार्यालयमा तालाबन्दी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ । वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले शुुक्रबार कार्यालयमा ताला लगाएको हो । उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् । सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम...










