राजनीति/ समाज
निर्वाचन आयोगले आचारसंहिताबारे सबै प्रदेशमा अन्तरक्रिया गर्ने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताबारे सबै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभरका साथ वटै प्रदेशमा निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्ने जानकारी दिएका हुन् । आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु...
निर्वाचन तोकिएकै मितिमा हुन्छ, गठबन्धनको विषय केही दिनभित्रै टुंगो लाग्छः प्रकाशमान सिंह
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुखदुखमा सरिक...
स्थानीय तह निर्वाचन : एमालेले बनायो उम्मेदवार छनोटको मापदण्ड
काठमाडौं । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो । उपमहासचिव एवम् प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको...
एमाले बागमती प्रदेश कमिटीको सदस्यमा मकवानपुरका ७ जना मनोनित
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित भएका छन् । एमाले बागमतीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीको गत फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले मकवानपुरका ७ जनासहित ७९ जना सदस्य मनोनयन गरेको जानकारी गराएको हो । प्रदेश कमिटी सदस्यमा मकवानपुरका बुद्धरत्न मानन्धर,...
उपाध्यक्ष पौडेलसहित एमाले नेता चीन प्रस्थान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीत प्रस्थान गरेका छन् । पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् । उपाध्यक्ष पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक...
अनाथ अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमा कांग्रेसद्वारा खाद्यान्न सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित अनाथ अपाङ्ग बाल पुर्नस्थापना केन्द्रमा कांग्रेसले खाद्यान्न सहयोग उपलब्ध गराएको छ । कांग्रेस हेटौंडा–४ अन्तरगतको प्रतिभानगर र चिल्डे«नपार्क टोल कार्यसमितिले शनिवार उक्त सहयोग उपलब्ध गराएको हो । कांग्रेसका नेताहरु, आनन्दराम पराजुली, उत्सव इटेनी, प्रदिप कोइराला, हरिप्रसाद पौडेल, रामहरि आचार्य, अर्जुन देवकोटा,...
राप्रपाले शक्ति प्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शक्ति प्रदर्शन गर्ने भएको छ । राप्रपाले बागमती प्रदेश समितिले यही चैत्र २५ गते काठमाडौंको खुल्लामञ्चमा आयोजना गर्ने आमसभामा शक्ति प्रदर्शन गनेए पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आगामी साल २०७९ को बैशाख ३० गते...
नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरोको बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न एमालेको पोलिटब्युरो बैठक बस्न लागेका एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनसार, बैठक बिहान ११ बजे कार्की व्यांक्वेट बबरमहलमा बस्ने गरी बोलाइएको छ । बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै...
कांग्रेस बागमती प्रदेश समितिको कार्यालय उद्घाटन गर्न प्रकाशमान सिंह हेटौंडा आउँदै
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको मुख्य कार्यालय उद्घाटन गर्न पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य प्रकाशमान सिंह हेटौंडा आउने भएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंह संघीय राजधानी काठमाडौँबाट हेटौंडाको लागि प्रस्थान गरिसकेका छन् । कांग्रेस बागमती प्रदेशले दिएको जानकारी अनुसार प्रदेश महाधिवेशनपश्चात नै हेटौंंडा उपमहानगरपालिका वडा नम्वर...
माओवादीको प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश
काठमाडौं । नेकपा मओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतकबाट निलम्बित भएका ठम्मरबहादुर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको कर्णाली प्रदेश सचेतकबाट निलम्वित भएसँगै विष्ट एमालेमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश...









