राजनीति/ समाज

मकवानपुरगढी : वडा अध्यक्ष उम्मेदवार रुम्बाद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष उम्मेदवार सुर्यबहादुर रुम्बाले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रतिवद्धता पत्र सार्वजानिक गरेका छन् । वडा अध्यक्ष उम्मेदवार रुम्बाले विकासका पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखी शनिबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्...

‘सत्तारुढ गठबन्धनको जीत नै हेटौंडावासीको हित’

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर उम्मेदवार मीना लामा र उपमेयर उम्मेदवार राजेश बानियाँले समग्र परिवर्तन गर्न सत्तारुढ गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् । शनिबार हेटौंडा–१ स्थित चौकीटोल क्षेत्रमा घरदैलो गर्दै मेयरका उम्मेदवार लामा र उपमेयरका उम्मेदवार बानियाँयले गठबन्धनको जीत नै हेटौंडावासीको हित भएको जीकिर गरेका हुन् । ‘परिवर्तनका...

चुनाव प्रचारप्रसारमा बालबालिको प्रयोग नगर्न आग्रह

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय  हेटौंडाले निर्वाचन आचारसंहिताको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । कार्यालयले यही बैशाख ३० हुने स्थानीय तह निर्वाचनको सन्र्दभमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई...

गठबन्धनकी उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी

काठमाडौँ । नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको वीरेन्द्रनगर नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शान्ति ढकालले प्रयोग गरेको बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ को मुख्य बजार क्षेत्रस्थित सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा शुक्रबार राति आगजनी...

हेटौंडा उपमहानगरः राप्रपा त्यागेका अधिकारीले लामालाई सघाउने, दिपक सिंहलाई धक्का

मकवानपुर । पार्टीमा अपमानित र अपहेलित हुनुपरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मधु अधिकारीले शुक्रबार पार्टी परित्यागको घोषणा गरे । आसन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर दावी गरिरहेका अधिकारीलाई सुइँको नदिई केन्द्रले दिपकबहादुर सिंहलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए । अधिकारीले राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा...

स्थानीय तह निर्वाचन : २४ प्रतिशत मात्र युवा उम्मेदवार

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचमा २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । निर्वाचनमा कुल उम्मेदवारमध्ये २४ प्रतिशन युवाले उम्मेवारी दिएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगका अनुसार, निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये २१...

समृद्ध वडा निर्माणको लागि मेरो उम्मेदवारी– पौडेल

मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ का वडा अध्यक्ष पदका साझा उम्मेदवार हरिप्रसाद पौडेलले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनले मतदातासमक्ष पुगेर मनोभावना बुझी आवश्यक सुझावसमेत संकलन गरेर प्रतिवद्धतापत्र तयार पारिएको र वडावासीको हितका लागि सोही प्रतिवद्धतालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए । उनले...

हेटौंडा १७ नम्वर वडा अध्यक्ष पदका उम्मेदवार भण्डारीको प्रतिवद्धतापत्र सार्वजनिक

मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १७ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनले मतदातासमक्ष पुगी उनीहरुको मनोभावना बुझेर, आवश्यक सुझावसमेत संकलन गरी आफु वडा अध्यक्ष भएपछि गर्ने कामबारे प्रतिवद्धता तयार पारेको बताए । उनले बृद्धबृद्धालाई भत्ता लिन...

हेटौंडा– १४ मा मतदाता शिक्षा दिँदै नेकपा एमाले

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को टोलटोलमा नेकपा एमालेले मतदाताहरुलाई मतदान शिक्षा प्रदान गरेको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरी शुक्रबारबाट मतदाता शिक्षालाई प्राथमिकता दिएको हो । निर्वाचनमा बदर मत कम गर्नका लागि १४ नम्वर...

मकवानपुरगढीमा गठबन्धनका उम्मेदवार सक्रिय, घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम जारी

मकवानपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाका उम्मेदवारहरुले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रमलाई तीव्र पारेका छन् । शुक्रबार १ नम्वर वडाको विभिन्न स्थानमा घरदैलो कार्यक्रम तथा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको हो । मतदातालाई निर्वाचन प्रक्रियामा सहजता होस् भन्ने...