नेकपा समाजवादीद्वारा मीनालाई समर्थन

तु खबर संवाददाता
२०७९ बैशाख २७,मंगलवार १९:०३

मकवानपुर । नेकपा समाजवादी पार्टीले हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरको प्रत्यासी मीना लामालाई समर्थन गरेको छ । पार्टीको मंगलबार साँझ बसेको वैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इञ्चार्ज केदारनाथ दुलालले जानकारी दिए ।

यस पार्टीबाट मेयर पदका उम्मेदवार रहेका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेसँगै समाजवादीले मीनालाई समर्थन गरेको हो । पार्टीले भुर्तेललाई लाल गद्दारको आरोप लगाउँदै साधारण सदस्य समेत नरहेन गरी कारबाही समेत गरेको छ ।

‘मेयर पदमा नेकपा एकीकृत समाजवादीकी नेत्री मीनाकुमारी लामालाई कलम चुनाव चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन हामी सम्पूर्ण कार्यकर्ता, शुभचिन्तक, मतदाता एवम् आम उपमहानगरबासीलाई हार्दिक अनुरोध गर्दछौं ।’, दुलालले भने ।