स्थानीय निर्वाचन : देशभरका १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्प्रर्धामा
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा पुगेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार हुने निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा पुगेको जानकारी गराएका हुन् ।
उक्त निर्वाचनमा देशभरका १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता सहभागी हुनेछन् । निर्वाचनबाट ३५ हजार २२१ पदका लागि १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्प्रर्धामा रहेको उनले बताए ।
निर्विरोध निर्वाचित भएका बाहेकका पदमा मतदान हुने उनको भनाई छ । निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको छ । त्यसमध्ये ६ जना वडाध्यक्ष सहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको प्रवक्ता पौडेलले बताए । निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल तोकिएका छन् भने २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ ।
