राजनीति/ समाज

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री जनर्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । केही बेर अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरिसकेको छ । अहिले अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गरिरहेका छन् । अर्थमन्त्री शर्माले आगामी आवको...

प्रदेश र संघको निर्वाचनमा जुट्न राप्रपा नेता तथा कार्यकर्तालाई लिङ्देनको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष लिङ्देनले स्थानीय तहको निर्वाचन सम्पन्न भयो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई नरहेको बताउँदै...

मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत, अर्थमन्त्री शर्माले संसद बैठकमा पेश गर्दै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जनाइएको छ । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।

हेटौंडा उपमहानगरको कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्वाचित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका आठै जना उम्मेदवार निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतदानको प्रकाशित मतपरिणाम अनुसार एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् । हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको महिला सदस्यमा इश्वरी विश्वकर्मा, पातलीमाया गोङवा, मञ्जु भुर्तेल, रुकमणी गोङवा र साधना श्रेष्ठ निर्वाचित भएका छन् ।...

गणतन्त्र र संविधान रक्षाका लागि नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको छ : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी दिनमा गणतन्त्र र संविधान  रक्षाका लागि नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको बताएका छन् । आइतबार १५ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको विशेष कार्यक्रममा गणतन्त्र संरक्षण र संस्थागत गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन्...

यसरी मनाइयो हेटौंडामा गणतन्त्र दिवस (फोटोफिचर)

मकवानपुर । आज देशभर १५ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । उक्त दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि...

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको तारा एयरका एक अधिकारीले जानकारी दिए । उनका अनुसार, अवतरण गर्ने समय भएपनि विमान अहिलेसम्म सम्पर्कमा आएको छैन । उक्त विमानमा १९ जना...

राप्रपा नेपालले सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने

मकवानपुर । कमल थापा नेतृत्वको राप्रपा नेपालले देशभरको सबै प्रदेशमा अन्तरक्रिया र भेला कार्यक्रमको आयोजना गर्ने भएको छ । केही दिनअघि काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम उक्त कार्यक्रम आयोजना गर्न लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत “वर्तमानका...

गणतन्त्र दिवस : बागमती प्रदेश प्रमुख शर्माद्वारा कार्यक्रम शुभारम्भ

मकवानपुर । आज देशभर गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइने भएको हो । सोही अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र...

समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व हो : बागमती प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताएका छन् । प्रदेश प्रमुख शर्माले आज १५ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवम् समावेशीतासहितको समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व...