डिजिटल प्रदेश बनाउने अभियानमा छौं : मुख्यमन्त्री पाण्डे

तु खबर संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १८:५९
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेशलाई डिजिटल प्रदेश बनाउने अभियानमा रहेको बताएका छन् । हेटौंडामा आयोजित डिजिटल बागमती सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा डिजिटल बागमती बनाउँने अभियानलाई समेटेको बताए ।

उनले प्रविधीको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउँनेमा सरकार स्पष्ट रहेको बताए । कार्यक्रममा सरकारले ल्याएको निती तथा कार्यक्रममा प्रविधीसँग जोडिएको सबै विषय मुख्यमन्त्री पाण्डेले जानकारी गराएका थिए ।

लिभिङ्ग विथ आइसिटिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण शर्मा खनाल, प्रदेश योजना आयोगका सदस्य प्रल्हाद लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।