राजनीति/ समाज

प्रदेश र संघको चुनाव मंसिर २ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघको चुनाव आगामी मंसिर २ गते गर्नका लागि प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् । आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की,...

माओवादी केन्द्रीय समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

काठमाडौं । काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक पनि स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार,...

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनको गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो । यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो,...

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र...

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ । प्रज्ञा भवन कमलादीमा आज बिहान ११ बजे बस्ने गरी...

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । पार्टीको भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको महामन्त्री गगन थापाले जानकारी दिए । यस्तै, भ्रातृ संस्थाको विधान बाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले...

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । समाजवादीको सचिवालय बैठकले जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो । हासचिव बेदुराम भुसालका अनुसार, शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको...

हेटौंडा उपमहानगरपालिकाद्वारा आगामी आवको नीति तथा कार्यक्रम र वार्षिक वजेट पारित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको सोमबार सम्पन्न एघारौँ अधिवेशनको तेस्रो बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि पेश भएको आर्थिक विधेयक, विनियोजन विधेयक र नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ । बैठकले आगामी आवको लागि कूल २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको हो...

मकवानपुरमा विजुली वितरण प्रणालीमा समस्या, समाधान गर्न कांग्रेसको १५ दिने अल्टिमेटम

मकवानपुर । मकवानपुरको विभिन्न क्षेत्रमा विद्युत वितरण प्रणालीमा देखिएको समस्यालाई तत्काल समाधान गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका जिल्ला सचिव भीमसेन महतले सोमबार नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख दिपेन्द्रराज द्धिवेदी र हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्र श्रेष्ठलाई विद्युत वितरण प्रणालीमा उत्पन्न समस्याका विषयमा...

हेटौंडा उपमहानगरपालिकाको बजेट पारित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको नीति कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाले गत असार १२ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकले पारित गरेको हो । बैठकले उपमहानगरपालिकाको अर्थ विधेयक २०७९ र विनियोजन विधेयक...