राजनीति/ समाज

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेबाट सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा...

सप्तकोशी प्रभावितको उद्धारलाई तीब्रता दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडा नम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको...

प्रतिनिधि सभाबाट शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९ मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा....

अनेरास्ववियु क्रान्तिकारी हेटौंडा क्याम्पसको अध्यक्षमा रसाइली

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) हेटौंडा क्याम्पसको अध्यक्षमा निश्चल रसाइली चयन भएका छन् । मंगलबार भएको अनेरास्ववियु क्रान्तिकारी हेटौंडा क्याम्पस इकाई कमिटीको चौथों सम्मेलनले रसाइली अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा चमेली बोम्जन, सचिवमा रोशनी आले मगर, सह–सचिवमा ज्योति पुडासैनी...

‘राइड सेयरिङ’लाई व्यवस्थित गर्न कानून बनाउँदै बागमती प्रदेश

मकवानपुर । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले पठाओ, इन, ड्राइभ टुटल जस्ता दुई पांग्रे निजी सवारी साधनमा हुने ‘राइड सेयरिङ’ लाई करको दायरामा ल्याएर व्यवस्थित गर्ने तयारी अघि बढाएको छ । प्रदेशभित्रको यातायात क्षेत्रको व्यवस्थापन नियमन गर्ने जिम्मेवारी अनुरुप प्रदेश सरकारले यस कार्यलाई मर्यादित र व्यवस्थित बनाउन...

मुख्यमन्त्री राईलाई कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार, मुख्यमन्त्री राईलाई हिजो गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना संक्रमण...

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने...

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै हुनुपर्ने नेता बानियाँको माग

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिरमा हुनुपर्ने माग गरेका छन् । नेता बानियाँले सोमबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । उनले संघीय व्यवस्था कमजोर बनाउने तत्त्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताए । शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई...

कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी तीब्र

मकवानपुर । भौगोलिक रुपमा विकट मानिएको मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिएका छन् । आउँदो मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरी सूचकहरुमा काम भैरहेको उनले जानकारी दिए । पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति...

नेकपा महासचिव विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उजीविरुद्ध ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला,...