मकवानपुरे युवा नेता अर्याल राप्रयुसं केन्द्रीय सदस्यमा नियुक्त

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार ०८:०७

मकवानपुर । मकवानपुरे युवा नेता अनिल अर्याल राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) को केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । राप्रपा भातृ सङ्गठन राप्रयुसं केन्द्रीय अध्यक्ष फणिराज लोहनीले बुधबार अर्याललाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् ।

नवनियुक्त केन्द्रीय सदस्य अर्यालले आफुले पाएको जिम्मेवारी कुसलता पुर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । देश र जनताको हितमा समर्पित भएर सशक्त संगठनको रुपमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनलाई स्थापित गराउन लागिपर्ने पनि उनले बताए ।