राजनीति/ समाज
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सहमति
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली कांग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट...
सिट बाँडफाटबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न लागेको यो पहिलो पटक हो । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४...
निर्वाचन प्रयोजनका लागि आइतबारदेखि नै दल दर्ता हुने
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ । बिहीबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सोबारे जानकारी गराएका हुन् । यस्तै, आउँदो हप्ता देखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने उनले बताए ।...
सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि शुक्रबार बस्ने भएको छ । बैठक विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो । सत्ता गठबन्धनको बैठकमा सीट...
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकरी दिए । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार...
अनेम संघ क्रान्तिकारी मकवानपुरको छैठौं पूर्ण बैठक सम्पन्न
मकवानपुर । अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ । बुधबार जिल्ला पार्टी कार्यलय हेटौंडामा बसेको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले विशेषतः असोज १ गतेदेखि हुने पार्टीको नवौं महाधिवेशन लक्षित विविध कार्यहरु अगाडि बढाउने निर्णय गरेको छ । साथै...
मकवानपुर क्याम्पसलाई विद्यार्थी संगठनको संयुक्त ध्यानाकर्षण पत्र
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति बुझाएको छ । विगत लामो समयदेखि स्थायी नियुक्ति भई अध्यापन गर्दै आएका शिक्षकहरुको मनोमानीविरुद्ध संगठनले संयुक्त रुपमा बुधबार सहायक क्याम्पस प्रमुख रामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । । उक्त विज्ञप्तिमा क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुको निरन्तर पढाईमा असर...
आज चुनावको मिति घोषणा गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने बस्दैछ । गठबन्धनको हिजो बसेको बैठकमा...
राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । संसदका दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको...
सत्ता गठबन्धनको बैठक : मंसिर ४ गते चुनाव गर्ने सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनको बुधबार बसेको बैठकले प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी मंसिर ४ गते गर्ने सहमति भएको छ । बालुवाटारमा बसेको उक्त बैठकमा मंसिर ४ गते चुनाव गर्ने गरी सहमति जुटेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार, सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले...







