राजनीति/ समाज
निर्वाचन आयोग : ५ वटा दल दर्ता
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचनको मिति घोषणा भएर दल दर्ता गर्न आह्वान गरेको पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आज सिके राउत...
हेटौंडा सिमेन्ट उद्योगमा भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न सांसदको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले हेटौंडा सिमेन्ट उद्योग घाटामा गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । सांसद केसीले प्रतिनिधि सभाको आइतबारको बैठकमा निजी सिमेन्ट उद्योग नाफा गइरहेको अवस्थामा सरकारी सिमेन्ट उद्योग कसरी करोडौं घाटामा गयो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका हुन् । उनले नेपालमा...
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।...
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदैछ । दल दर्ता गर्न आजदेखि साउन ३१ गतेसम्मका लागि समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना...
राष्ट्रिय युवा मोर्चा मकवानपुरको संयोजकमा शाह
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको भातृ संगठन राष्ट्रिय युवा मेर्चाले विवेक बिक्रम शाहको नेतृत्व पाएको छ । मोर्चाको शनिबार हेटौंडामा भएको भेलाले शाहको संयोजकत्वमा ३७ सदस्यीय कार्यसमिति गठन गरेको छ । सहसंयोजकमा विरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा विवेक श्रेष्ठ, सचिवमा अप्सरा ढुंगेल, विशेक बिक्रम शाह, सन्जोक श्रेष्ठ र कोषाध्यक्षमा...
गठबन्धन बनाउँदा एउटै चिह्न लिएर उम्मेदवारी दिन पाउने
काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले...
नेपाल समाजवादी पार्टीको बैठक बस्दै
काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ । बैठक काठमाडौंमा बस्ने भएको हो । उक्त बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । यस्तै, बैठकमा आगामी निर्वाचनबारे पनि छलफल...
निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो । दल...
‘जनता पार्टीको सेवक होइन, देशको मालिक बन्नुपर्छ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनता पार्टीको सेवक नभई देशको मालिक हुनुपर्ने बताएका छन् । अध्यक्ष थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै सो कुरा बताएका हुन् । उनले सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने प्रवृत्तिको...
माओवादी अध्यक्ष प्रचण्ड आज जापान जाँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाँदै छन् । प्रचण्ड आज राति १० बजे जापान प्रस्थान गर्ने भएका हुन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान...







