सभापति देउवाद्वारा १० जना केन्द्रीय सदस्य मनोनित

तु खबर संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १६:२३
file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । केन्द्रीय कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउन देउवाले मंगलबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।

कांग्रेस केन्द्रीय समितिमा यसअघि ४३ जना महिलाको उपस्थिति थियो । अब १० जना थपिएका छन् । १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्दा सभापति देउवाले शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला निकटलाई पनि समेटेका छन् ।

यसअघि पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आएका देउवा मंगलबार शेखर पक्षबाट २ , प्रकाशमान, सिटौला र शशांक निकट १–१ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् । मनोनित हुनेमा केन्द्रीय सदस्यमा पराजित हुनेदेखि क्षेत्रीय सभापतिमा पराजितसम्म समेटिएका छन् ।