राजनीति/ समाज
सभामुख सापकोटाद्वारा नागरिकता विधेयक प्रमाणित
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको उक्त विधेयक आइतबार प्रमाणित गरेका हुन् । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हालै पारित भएको थियो । सभामुखबाट प्रमाणित भएसँगै उक्त विधेयक...
अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए...
वाईसीएलको राष्ट्रिय भेला भदौ ३ र ४ गते हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएललले आगामी भदौ ३ र ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । भेला गर्नका लागि आवश्यक तयारी गरिरहेको संयोजक सुमन देवकोटाले जानकारी दिए । उनका अनुसार, भेलामा समसायिक र राजनीतिक प्रतिवेदन पेश गरिनुका साथै सांगठनिक विषयमा छलफल हुनेछ । यस्तै, संगठनको...
माओवादी स्थायी समिति बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । दिउँसो ३ बजे बस्ने गरी बोलाइएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार, संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन...
प्रधानमन्त्री देउवा र विदेशमन्त्री लबीच भेटवार्ता
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हमा देउवासँग भेटवार्ता गरेका हुन। लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष...
बाबुरामले दर्ता गरे नयाँ पार्टी
काठमाडौं । तत्कालीन जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । भट्टराईले बिहीबार निर्वाचन आयोगमा पुगेर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन् । उक्त पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति...
हेटौंडा कपडा उद्योग संचालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री बडू
मकवानपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले हेटौंडा कपडा उद्योग सञ्चालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौंडामा आयोजित व्यावसायिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले सो कुरा बताएका हुन् । मन्त्री बडूले सरकारी स्वामित्वको बन्द अवस्थामा रहेको हेटौंडा...
अबको केही दिनमै चुनावको मिति घोषणा हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनभित्रै संघीय र प्रदेशको चुनाव मिति घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताएका हुन् । प्राविधिक विषय मिलाउन...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।










