राजनीति/ समाज
प्रचण्डले गराए गोरखा २ बाट उम्मेदवारी दर्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्वर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन...
रेखा थापाले मोरङ–३ बाट गराइन् मनोनयन दर्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ ले मनोनयन दर्ता गराएकी छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मोरङ ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी हुन् । थापाले आईतवार बिहान ११ः २७ बजे मनोनयन दर्ता गराएकी थिइन् ।...
मकवानपुरमा एमालेले गरायो उम्मेदवारी दर्ता
मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा नेकपा एमालेका महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । नम्वर २ कै प्रदेश सभातर्फ (क) मा विष्णु ढकाल र (ख) मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका...
शेखर कोइरालाले मोरङ–६ बाट गराए उम्मेदवारी दर्ता
मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । कोइरालाको अघिल्लो निर्वाचनमा जस्तै एमालेका लालबाबु पण्डितसँग प्रतिस्पर्धा हुँदैछ । पण्डित अघिल्लो निर्वाचनमा विजयी भएका थिए...
कमल थापाले दर्ता गराए उम्मेदवारी
मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेको साथ पाएका...
हाम्रो नेपाली पार्टीका ठकुरीले दिए उम्मेदवारी
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा रामशरण कार्की तथा समर्थकमा माधवप्रसाद शर्मा रहेका छन् । सोही दलबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेश ‘क’ मा किशोर रानाले उम्मेद्वारी दर्ता गर्दा प्रदेश ‘ख’ मा किशोर...
कमल थापालाई टिकट दिएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी
मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर– १ मा एमाले नेता रामेश्वर रानाको टिकट खोसेर एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवारको रुपमा अघि सारेसँगै असन्तुष्ट कार्यकर्ताहरुले मकवानपुरस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । एमालेले सो क्षेत्रमा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर,...
दिपक सिंहले दिए प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट उम्मेदवारी
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दीपक बहादुर सिंहले मकवानपुर क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर– २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गएको स्थानीय तहको...
घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले आज विहान पत्रकार सम्मेलनमार्फत् प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका हुन्...
मनोनयनपत्र दर्ता गर्दा के–के कागजात चाहिन्छ ?
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मनोनयन पत्र आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । मनोनयन दर्ताका लागि उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश...










