राजनीति/ समाज
आसन्न निर्वाचन : मकवानपुरमा परेन उम्मेदवारीमाथि उजुरी
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएका मकवानपुरका कुनै पनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिृकतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन अन्तरगत आइतबार उम्मेदवारी दिएका उम्मेदवारमाथि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि मकवानपुरमा एउटा...
आसन्न निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने छ । कुनै उम्मेदवार कानूनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । त्यसको लागि आज...
मकवानपुरमा प्रदेश सभातर्फ ४३ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । मकवानपुरमा प्रदेश सभातर्फ चार क्षेत्रका लागि दल र स्वतन्त्र गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तरगत मकवानपुरमा ४३ जनाले प्रदेश सभातर्फ उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ (क)...
मकवानपुरमा प्रतिनिधि सभातर्फ २६ जनाको मनोनयन दर्ता
मकवानपुर । मकवानपुरमा प्रतिनिधि सभातर्फ दुई क्षेत्रका लागि दल र स्वतन्त्र गरी २६ जनाले मनोनयन दर्ता गराएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तरगत मकवानपुरमा २६ जनाले प्रतिनिधि सभातर्फ मनोनयन दर्ता गराएका हुन् । जिल्लामा क्षेत्र नम्वर १ बाट प्रतिनिधि...
संविधानको रक्षाका लागि गठबन्धन गरेका हौँः इन्द्रबहादुर बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् व्यवस्थाको स्थायीत्वको लागि आसन्न निर्वाचनमा गठबन्धन गरेर चुनावमा जान लागेको बताएका छन् । मकवानपुर क्षेत्र नम्वर–२ को प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गरेपश्चात पत्रकारहरुलाई प्रतिक्रिया दिँदै बानियाँले दीगो विकास, आर्थिक समुन्नती, जनताको...
राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विभिन्न ३ विधेयक प्रमाणीकरण गरेकी छन् । संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण भएका विधेयकमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक व्यवस्थापनसम्बन्धी कनुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र...
रवि लामिछानेले गराए चितवन–२ बाट मनोनयन दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् । उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताउँदै मनोनयन दर्ता गराएको जानकारी दिउ । उम्मेदवारी दिएपछि लामिछानेले आफूलाई विगतमा चितवनले लगाएको गुण तिर्न चाहेको बताए । उनले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई...
साँढे १२ हजारभन्दा बढी भोटले चुनाव जित्छु: विरोध खतिवडा
मकवानपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नम्वर–२ बाट उम्मेदवारी दर्ता गराएका विरोध खतिवडाले यस पटक विगतमा भन्दा धेरै सजिलोसँग चुनाव जित्ने बताएका छन् । मनोनयन दर्ता गरेपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै खतिवडाले २०७४ को निर्वाचनमा १२ हजार ५ सय बढी ल्याएर चुनाव जितेकोमा यस पटक...
प्रधानमन्त्रीले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता
डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । आरजु, जिल्ला सभापति भीबबहादुर साउदलगायतका नेताले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएका हुन्...
मकवानपुरमा गठबन्धनका उम्मेदवारहरुले गराए मनोनयन दर्ता
मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागिसत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा महालक्ष्मी उपाध्याय (डीना) र क्षेत्र नम्वर– २ मा विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै क्षेत्र नम्वर १ (क) बाट प्रेमबहादुर पुलामीले उम्मेदवारी दिएका...









