राजनीति/ समाज
समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु गरेको छ । पहिलो चरणमा ८ जिल्लामा मतपत्र ढुवानी गरिएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । पहिलो चरणमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा मतपत्र ढुवानी गरिएको हो । अन्य जिल्लामा क्रमशः मतपत्र ढुवानीको...
निर्वाचन आयोग : खर्च विवरण संकलन गरिने
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ । आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे...
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । उक्त बैठकमा आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने गरी बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा निर्वाचनको तयारी र पार्टीका पछिल्ला गतिविधिबारे छलफल हुनेछ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश...
दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित
पोखरा । मनाङबाट प्रदेश सभा सदस्यमा दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उनी मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि निर्विरोध भएका हुन् । गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । कांग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङेले...
मकवानपुरमा कसैले पनि लिएनन् उम्मेदवारी फिर्ता, चुनाव चिन्ह्र आजै प्रदान गरिने
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका मकवानपुरका ६९ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । निर्वाचन आयोगले आज इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको भएपछि मकवानपुरका विभिन्न पदमा मनोनयन गराएका उनीहरुले उम्मेदवारी फिर्ता...
सत्ता गठबन्धनद्वारा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन
काठमाडौं । सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको...
निर्वाचन आयोग : प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार ४ सय ३३ पुरुष र एक सय ५० महिला गरी १ हजार ५ सय ८३ लाई उम्मेदवार उठाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले...
माओवादी केन्द्रका जिल्ला सदस्य एमालेमा प्रवेश, कमल थापाले गरे स्वागत
मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका सदस्य शंकर राउत नेकपा एमाले प्रवेश गरेका छन् । एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा भएको जनवर्गीय संगठनसँग उम्मेद्वारहरुको अन्तरक्रिया कार्यक्रममा राउत एमाले प्रवेश गरेका हुन् । वाईसियल नेपाल मकवानपुरको पूर्व जिल्ला उपाध्यक्षसमेत रहेका राउत विभिन्न सामजिक संघसस्थामा समेत आवद्ध छन्...
प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । आइतबार डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको लागि मनोनय दर्ता गराएका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो । उनीविरुद्ध डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले...








