माओवादीले चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने

तु खबर संवाददाता
२०७९ कार्तिक ६, आईतवार १४:५४

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने भएको छ । घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ पुगेको पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जनाएको छ ।

उनका अनुसार, अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ । उनले इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिन सकिने बताए ।