राजनीति/ समाज

आचारसंहिता पालना गर्न निर्वाचन आयोगको ७ बुँदे निर्देशन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई ७ बुँदे निर्देशन दिएको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति निकालेर लाभको पदमा रहेका व्यक्तिहरुलाई निर्वाचन प्रचार प्रसारमा सहभागी...

कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको...

बागी उम्मेदवारी निष्क्रिय गर्न माओवादी केन्द्रले दियो थप समय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बागी उम्मेदरवारी फिर्ता लिन समय थप गरेको छ । माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ गतेसम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो । माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक...

कांग्रेस मकवानपुरद्वारा निर्वाचन परिचालन समिति गठन

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरले निर्वाचन परिचालन समिति गठन गरेको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको संयोजकत्वमा ७०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको हो । जसको सदस्यहरुमा जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्य र भातृ...

कात्तिक ४ गतेसम्म बागी उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका कांग्रेसका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उमेदवारविरुद्ध बिद्रोही उम्मेदवारी दिएका बागी...

बागमतीसहित तीन प्रदेशमा समानुपातिक तर्फको मतपत्र ढुवानी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बागमतीसहित ३ तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी गरेसँगै तीन प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले...

माओवादी केन्द्रले बागी उम्मेदवारलाई कारबाही गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने घोषणा गरेको छ । पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिई उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण...

कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ गतेभन्दा अघि निर्वाचन प्रचारप्रसार नगर्न आग्ह गरेको छ । साथै आयोगले कात्तिक १८ गतेभन्दा अगाडि चुना प्रचारप्रसार गरेको पाइएमा उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने चेतावनी समेत दिएको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म...

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले दुई वटा अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधार १ बमोजिम बागमती प्रदेश सरकारले सिफारिस गरेको उक्त अध्यादेश प्रदेश प्रमुख शर्माले आइतबार जारी गरेका हुन् । जारी भएको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश...

माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार ३ बुँदे सर्कुलर पठाएका हुन् । पठाएको सर्कुलरमा...