कांग्रेसद्वारा गठबन्धनका उम्मेदवार विजयी गराउन सर्कुलर जारी

तु खबर संवाददाता
२०७९ कार्तिक १३, आईतवार ०८:०१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सर्कुलर जारी गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई विजयी गराउन शनिवार सर्कुलर जारी गरेका हुन् ।

साथै उनले नेपाली कांग्रेसको पक्षमा पार्टीले पठाएका प्रचार सामग्रीहरु विद्युतीय तथा अन्य सञ्चार माध्यमहरुबाट व्यापक रुपमा प्रचार–प्रसार गर्ने कार्यमा सक्रिय हुन पनि सबैलाई आग्रह गरेका छन् ।