राजनीति/ समाज

पूर्वसांसद श्रेष्ठको निधन

चितवन । पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको गएराति १ः१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनको धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए । श्रेष्ठको शवलाई आज बिहान ९:३० बजेदेखि १०...

कुन पार्टीबाट कति छन् महिला र पुरुष उम्मेदवार ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्प्रर्धामा छन् । प्रतिनिधि सभा सदस्यका लागि दलहरुले धेरै संख्यामा पुरुष उम्मेदवार खडा गरेका छन् । प्रतिनिधि सभा तर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहेका छन् भने २२५ जना...

कांग्रेसद्वारा सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्य मनोनयन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले सांस्कृतिक समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरू मनोनयन गरेको छ । ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति’ का संयोजक एवम् पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सदस्यहरू मनोनयन गरेका हुन्...

आमसभामा झण्डा र चुनाव चिह्न १०/१० वटा मात्रै

काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचार–प्रचार सामग्रीको सीमाबारे राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरेको छ । आयोगले चुनावी प्रचार सामग्रीहरुको सीमा सार्वजनिक गर्दै भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३÷४ फिटको दश–दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने ।’ उम्मेदवार वा...

गठबन्धनका शीर्ष नेताले आज पोखरामा प्रशिक्षण दिने

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान सुरु गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादी...

संविधान नै नमान्ने दलले कसरी मुलुकको विकास गर्छ ?: डीना

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्दै संविधानमाथि प्रहार गर्ने दलबाट मुलुकको हित हुन नसक्ने बताएकी छन् । कांग्रेसको नेतृत्वमा ५ दलले मुलुक, संविधान र लोकतन्त्र जोगाएको स्मरण गर्दै गठबन्धनका...

माधव नेपाललाई कारवाही गर्न आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको छ । नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेको हो । रौतहट क्षेत्र नम्वर १ मा आयोजित कार्यक्रममा सो...

मकवानपुर क्षेत्र नम्वर २ को गठबन्धन भेलाः एकअर्कामा विश्वास गर्न आग्रह

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्वर १ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । बुधबार हेटौंडामा क्षेत्र नम्वर १ का प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवारहरुसहित कार्यकर्ताहरुको भेला भएको हो । भेलामा बोल्ने उम्मेदवार...

हेटौंडा मोडेल अस्पतालमा सिल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित हेटौंडा मोडेल अस्पतालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शिल गरेको छ । १० बेडको अनुमती लिएर स्वीकृतिभन्दा बढी बेड राखी सञ्चालन गरेको र अनुमति बिना फार्मेसी, ल्याब संचालन गरेको भन्दै अस्पताल शिल गरिएको हो । एनएसथेसियोलोजिस्ट डाक्टर नराखी एनएसथेसिया सहायकद्वारा विरामीलाई बेहोस बनाएर...

नेकपा समाजवादीलाई जिताउन २५०१ जनाको निर्वाचन परिचालन समिति

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २ हजार ५०१ जनाको केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय र अध्यक्ष नेपालको नेतृत्वमा उक्त संख्याको निर्वाचन परिचालन समिति गठन गरेको...