सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता
काठमाडौँ । सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा आज अभियोग पत्र दर्ता गराएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको जनाइएको छ ।
लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजायको मागदाबीसहित अनुसन्धान प्रतिवेदन ल्याएको थियो ।
संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ ।
