आज तीन दलको घोषणापत्र सार्वजनिक हुँदै

तु खबर संवाददाता
२०७९ कार्तिक १४, सोमबार ०८:०९

काठमाडौं । आज ३ राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेको हो ।

सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको हो । माओवादीले दिउँसो ३ बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एकीकृत समाजवादीको घोषणापत्र तयारीका लागि उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई जिम्मेवारी दिइएको थियो ।

त्यसैगरी, राप्रपाले बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्र घोषणापत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक कार्यक्रम रहेको छ ।r