राजनीति/ समाज
कांग्रेसद्वारा निर्वाचन परिचालन समिति गठन (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आइतबार ११० सदस्यीय “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका हुन् । सभापति देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा...
समानुपातिक बन्द सूचीका ४३९ ले कात्तिक ५ गतेभित्र जरीवाना बुझाउनुपर्ने
काठमाडौं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ गतेभित्र जरीवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ५ गतेभित्र जरीवाना बुझाउन समय तोकेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा...
मकवानपुरमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुग्यो
मकवानपुर । मकवानपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रमाणीतर्फको मतपत्र आज आइपुगेको छ । उक्त मत आइतबार अपराह्नमा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणालीतर्फ जिल्लाको क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार...
संविधानको रक्षाको लागि गठबन्धनको जित आवश्यक छ : सभापति बानियाँ
मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को ‘ख’ प्रदेश सभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनको जित आवश्यक रहेको बताएका छन् । सभापति बानियाँले कांग्रेस मनहरी गाउँपालिका–६ सुनाचुरीमा आयोजित वडास्तरीय भेला तथा चुनावी छलफल...
सत्ता गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिने
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज काठमाडौँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुनेकाठमाडौं–२ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवम् माओवादी स्थायी समिति सदस्य ओनसरी...
संविधानका हस्ताक्षरकर्ताहरुलाई मतदान गर्न डीनाको आग्रह
मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री एवम् मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा सत्तारुढ गठबन्धनको उम्मेदावार महालक्ष्मी उपाध्याय डीनाले संविधानका हस्ताक्षरकर्ताहरुलाई चिनेर मतदान गर्नुपर्ने बताएकी छिन् । उनले मंसिर ४ गतेको चुनावमा उठेका उम्मेदवारलाई राम्रासँग चिन्न आग्रह समेत गरिन् । चुनावमा उठेका मध्ये क–कसले लोकतान्त्रिक संविधानको रक्षा गरे...
जनतालाई मालिक बनाउँछौँः रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने बताएका छन् । व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । शहीदको बलिदानबाट प्राप्त भएका जनताका...
जसपाद्वारा केन्द्रीय सदस्य साह निलम्बित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साहलाई निलम्बन गरेको छ । गत असोज २१ गतेका दिन महोत्तरी–३ को क्षेत्रीय कार्यक्रममा अमर्यादित र अभद्र क्रियाकलाप गरेको भन्दै पार्टीले उनलाई निलम्बित गरेको छ । केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्णबहादुर बस्नेतले एक विज्ञप्ति...
विभिन्न १८ जिल्लामा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । प्रतिनिधि सभा तर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।...
बागमती प्रदेश योजना आयोगद्वारा कानूनी मस्यौदाहरू हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारलाई विभिन्न ४ वटा कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज हस्तान्तरण गरेको छ । योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्तले शुक्रबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई उक्त कानूनी मस्यौदा हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका मस्यौदा दस्तावेजहरुमा प्रदेश नीति...









