राजनीति/ समाज
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र आज सार्वजनिक हुँदै
काठमाडौं । आगामी ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज वाचापत्र सार्वजनिक गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक...
मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील
मकवानपुर । मकवानपुरका १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदान स्थलहरु संवेदनशील र बाँकी ८० वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेका...
‘थाहा नगरलाई कृषि र पर्यटन शहरको रुपमा विकास गछौं’
मकवानपुर । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधि सभा उम्मेदवार महेश कुमार बर्तौलाले थाहा नगर थाहानगरपालिकालाई कृषि र पर्यटनको शहरको रुपमा विकास गर्ने बताएका छन् । एमालेले बुधबार थाहा नगरमा आयोजना गरेको कार्यकर्ता भेला एवम् निर्वाचन प्रचार–प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।...
जनताको सेवा गर्न संसदमा जान खोजेको : एकलाल श्रेष्ठ
मकवानपुर । नेकपा एमालेको तर्फबाट मकवापुर क्षेत्र नम्वर १ को ‘ख’ प्रदेश सभाका उम्मेदवार एकलाल श्रेष्ठले आफु जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नको निमित्त संसदमा जान खोजेको बताएका छन् । बुधवार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा–५ को आयोजनामा भएको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आफु भत्ता...
आजदेखि उमेदवारले जुलुस र आमसभा गर्न पाउने
काठमाडौं । आजबाट राजनीतिक दल तथा उमेदवारले मंसिर १ गतेसम्म चुनावी प्रचार–प्रसार गर्न पाउने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ “निर्वाचन...
‘गठबन्धनको सरकार आउनेबित्तिकै परेवाभीरमा बाटो बनायौँ’
हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार निर्माण हुनासाथ परेवाभीरमा बाटो बनाइएको बताएका छन् । गठबन्धनको राक्सिराङ गाउँपालिका ५ र ८ को संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बानियाँले तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले परेवाभीरमा बाटो बनाउन बजेट...
गठबन्धनले ज्येष्ठ नागरिकको उचित सम्मान गर्छ : डीना
मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले गठबन्धनले जिते मात्रै ज्येष्ठ नागरिकको उचित सम्मान हुने बताएकी छन् । एमालेले ज्येष्ठ नागरिकलाई सधैं बृद्धभत्तासंग जोडेर चुनावी नारा बनाउने गरेको भन्दै उनले राज्यले गर्ने सम्मानलाई चुनावी...
मीना र राजेशले गरिसकेको काम एमालेको घोषणापत्रमा : खतिवडा
मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले गरिसकेको कामहरु अहिले एमालेको घोषणापत्रमा रहेको बताएका छन् । बुधबार हेटौंडा–३ बसामाडीमा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले एमालेको घोषणापत्रमा झुट र...
आश्वासन बाँड्दैनौँ, जनतामाझ बोलेको कुरा गरेरै छाड्छौँः इन्द्र बानियाँ
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको बीचमा गरेको प्रतिवद्धता पूरा गरेर देखाउने बताएका छन् । हेटौंडा–३ मा बुधबार आयोजित अगुवा कार्यकर्ता भेला तथा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बानियाँले बिगतमा जनताको बीचमा गरेको...
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र बिहीबार सार्वजनिक हुने
काठमाडौं । आगामी ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि बिहीबार वाचापत्र सार्वजनिक गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र...









