राजनीति/ समाज
भागेका कैदीबन्दीलाईअसोज २० भित्र कारागार फर्कन विभागको आग्रह
काठमाडौं । कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सरोकारवालासहित सबैलाई आग्रह गरेको छ । विभागले फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सम्बन्धित पक्षको सहयोग र समन्वयमा कैदीबन्दीलाई फिर्ता ल्याउने...
राजनीतिक कनेक्सनका कारण रोकिएका सबै फाइल खुल्छ :गृहमन्त्री
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै अनुसन्धान फाइल खोलिने बताएका छन् । शुक्रबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सुशासनबिनाको शान्ति–सुरक्षा सम्भव नभएको भन्दै भ्रष्टाचार तथा आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा अब कुनै अवरोध नहुने स्पष्ट पारे। “यो सरकारको म्यान्डेट नै...
भ्रष्ट दललाई टाउको उठाउन दिनु हुँदैन : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना र भ्रष्ट भइसकेका दललाई कुनै पनि बहानामा पुनः टाउको उठ्न नदिन चेतावनी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए । नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा...
राष्ट्रिय भूमि आयोग खारेज : १ हजार ४४४ जनाको रोजगारी गुम्ने
काठमाडौँ । राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारले गरेको निर्णयसँगै १ हजार ४४४ जनाको रोजगारी गुम्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले केपी शर्मा ओली सरकारको पालामा स्थापना गरिएको आयोगलाई खारेज गर्ने निर्णय गरेको हो । आयोग खारेजसँगै केन्द्रमा नियुक्त ८ जना पदाधिकारीसहित ३१६ जना राजनीतिक नियुक्ति र...
राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा पहिलो सम्बोधन गर्ने भएकी छिन्। सर्वाेच्च अदालतको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते जेनजी पुस्ताको समर्थनमा नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी हुन्। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको दमन, तोडफोड, आगजनी,...
टोपबहादुर रायमाझी सोमबार कारागारमा उपस्थित
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अन्य कैदीबन्दीसँगै केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी सोमबार कारागार फर्किएका छन् । केन्द्रीय कारागारले रायमाझी हिजो कारागारमा उपस्थित भएको पुष्टि गरेको छ । ‘उहाँ हिजो फर्किनुभएको हो,’ कारागार प्रशासनले जानकारी दिएको छ । भुटानी शरणार्थी...
पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ चलाएका दुर्गा प्रसाईंले देशमा विकसित पछिल्लो घटनाक्रमको धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्। दुर्गा प्रसाईंले आज दिउँसो साढे १ बजे भक्तपुर कमेरोटारस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलनको आयोजना...
उद्योगमन्त्री सिन्हाद्वारा पदभार ग्रहणः पुर्ननिर्माणमा स्वदेशी उत्पादन
काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले पुर्ननिर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने निर्णय गरेका छन् । मन्त्रीको रुपमा आज पदभार ग्रहण गर्दै उनले पुर्ननिर्माणमा फर्निचर र निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका हुन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले सहिद र घाइतेका परिवारलाई रोजगारीको प्रबन्ध गर्ने...
सञ्चारमन्त्रीद्वारा पदभार ग्रहणः दश सहरमा निशुल्क इन्टरनेट विस्तार गरिने
काठमाडौं । सात प्रदेशका ठूला दश सहरहरुमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने गरी तयारी गर्न नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्देशन दिएका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएसँगै पदभार ग्रहण गर्ने समयमा सात प्रदेशका दश सहरहरुमा निशुल्क इन्टरनेट विस्तार गर्ने निर्णयमा...
मन्त्रिपरिषद् विस्तार : पाँच नयाँ मन्त्रीलाई शपथ आज दिउँसो २ बजे
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासले नवनियुक्त मन्त्रीहरूको शपथ आज सोमबार दिउँसो २ बजेका लागि निर्धारण गरेको छ। हालसम्म सरकारमा तीनजना...










