राजनीति/ समाज
ऊर्जा मन्त्री खड्का र तीन जना सचिवबीच कार्यसम्पादन सम्झौता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२–८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो। सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडी तथा जल तथा...
एमाले नेता ऐन महर साइबर अपराध अभियोगमा पक्राउ
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर साइबर अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति जारी गरेपछि महर बुधबार प्रहरीमा उपस्थित भएका हुन् । साइबर ब्युरो भोटाहिटीमा एक महिलाले महरविरुद्ध चरित्रहत्या र गाली बेइज्जतीसम्बन्धी उजुरी दर्ता गरेकी थिइन् । उजुरीका आधारमा अदालतले...
रवि लामिछाने रिहाइ मुद्दामा उच्चले माग्यो कैफियत प्रतिवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ माग सम्बन्धी निवेदनमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेको रिट निवेदनमा बुधबार न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाइ सम्पन्न भएको हो । निवेदनमा लामिछानेले बिगोबमोजिमको धरौटी बुझाएर रिहाइ गर्न...
कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाइ पठाउने
काठमाडौँ — नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ। हाल संसदीय सुनुवाइ समितिकी सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्यव्यवस्था समितिको नेतृत्वमा पठाउन लागिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको...
लिपुलेक सम्झौताप्रति रास्वपाको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार मार्ग पुनः खोल्ने सम्झौताप्रति कडा आपत्ति जनाएको छ। पार्टीले नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना वैध मान्न नसकिने प्रष्ट पारेको छ। रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले...
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कडेल निलम्बित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कडेललाई निलम्बन गरेको छ । रूपन्देही प्रहरीले कडेललाई नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भएको अभियोगमा बिहीबार पक्राउ गरेपछि शुक्रबार केन्द्रीय अनुशासन आयोगले उनलाई निलम्बन गरेको हो । आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तिमा प्रहरीको छानबिन र...
सरकारको कर निर्णयप्रति माओवादीको आपत्ती
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले संसद् चलिरहेकै अवस्थामा करको दरमा हेरफेर गरेकोप्रति कडा आपत्ति जनाएका छन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले भने, ‘अहिले संसद् चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ। एक महिना नबित्दै पहिलो चौमासिकमा सरकारले करको दरमा फेरबदल गरेको छ। हाम्रो...
लिपुलेक सम्झौताविरुद्ध प्रदर्शन, सांसद र दलहरूको साझा आपत्ति
काठमाडौँ । भारत र चीनबीच नेपाललाई कुनै जानकारी नदीइ लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिको विरोधमा बिहीबार राजधानीमा विभिन्न संगठन र युवाहरूले प्रदर्शन गरेका छन् । अनेरास्ववियुले भारतीय दूतावास अगाडि मसाल जुलुससहित विरोध प्रदर्शन गर्दा माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि...
नागरिक उन्मुक्ति पार्टी पुनः सत्ता पक्षमा समर्थन कायमै रहेको घोषणा
काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको स्पष्ट पारेको छ । पार्टीकी अध्यक्ष एवम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठ चौधरीले बुधबार सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै सरकारप्रति पूर्णकालीन विश्वास एवम् समर्थन रहेको जानकारी दिएकी हुन् । सो पत्रमार्फत उनले ४६ दिनपछि...
सांसदहरुलाई उपत्यका नछाड्न एमालेको सूचना
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीसँगै नेकपा एमालेले उपत्यका बाहिर रहेका आफ्ना सांसदहरूलाई बुधबार बेलुकासम्म काठमाडौँ फर्किन निर्देशन दिएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाको निर्देशनमा संसदीय दलबाट बाहिर रहेका सांसदहरूलाई तत्काल फर्कन भनिएको हो । मंगलबार एमालेले आफ्ना सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै तत्काल उपत्यका...










