राजनीति/ समाज

सरकारी सुरक्षा फिर्ता गरेपछि प्रचण्डको सुरक्षा वाईसीएलले सम्हाल्ने

काठमाडौँ । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरिरहेका पूर्वपदाधिकारीहरूको सुरक्षा फिर्ता गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्थापन युवा कम्युनिस्ट लिग (वाईसीएल) ले सम्हाल्न थालेको छ । गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राख्ने पूर्वप्रधानमन्त्री र अन्य पूर्वपदाधिकारीहरूको सुरक्षा निकायलाई ती जनशक्ति तत्काल फिर्ता...

माइतीघरबाट डा. निकोलस भुसाल सहित तीन जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ। प्रहरीले भुसालसँगै सञ्जीव दाहालसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। ‘जेनजी’को माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन माइतीघरमा भेला भएका भुसालसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। डा....

पोखराको लिचीबारी जग्गा घोटाला: दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले आज केहीबेर अघि मुद्दाको फाइल विशेष अदालतमा दर्ता गराएको हो। घुस लेनदेन र जग्गा दुरुपयोगसम्बन्धी यो प्रकरण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकालमा भएको हो। मुद्दामा...

जाँचबुझ आयोगको स्पष्टीकरण – फौजदारी कसुरमा कारबाहीका लागि प्रतिवेदन कुर्न नपर्ने

काठमाडौं । भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका घटनाबारे गठित जाँचबुझ आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै फौजदारी कसुरमा संलग्न व्यक्तिहरूमाथि कारबाहीका लागि आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल...

दक्षिण एसियाको आर्थिक वृद्धि सुस्त, नेपालको अवस्था झन् कमजोर

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२–८३ का लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ। यसअघि ५.२ प्रतिशत हुने अनुमान गरिएको वृद्धिदर अब घटेर २.१ प्रतिशतमा झरेको विश्व बैंकले जनाएको छ। त्यस्तै, आगामी आर्थिक वर्ष २०८३–८४ को वृद्धि दर पनि ५.५ प्रतिशतबाट घटाएर ४.७ प्रतिशत प्रक्षेपण गरिएको छ।...

अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन–जी युवाहरूको प्रदर्शन

काठमाडौं । जेन–जी आन्दोलनका युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै आज टंगालस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन्। आज बिहान भएको प्रदर्शनमा सहभागी युवाहरूले “भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर”, “अख्तियारलाई राजनीतिक स्वार्थको उपकरण नबनाऊ” जस्ता नारासहित आयोगको निष्पक्षता र विश्वसनीयता प्रश्नमा...

भुटानी शरणार्थी प्रकरणः फरार प्रतिवादी सन्देश शर्मा काठमाडौंबाटै पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । सुशीला...

जेन–जी आन्दोलन दमन: ओलीसहित पाँच जनाको विदेश यात्रा रोक

काठमाडौं । जेन–जी आन्दोलन दमनबारे छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । आयोगको सिफारिसअनुसार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख...

साम्पाङको नयाँ राजनीतिक यात्रा : ‘राष्ट्रिय संस्कृति पार्टी’ दर्ता प्रक्रिया सुरु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक दल दर्ताका लागि उनले असोज ७ गते आयोगमा निवेदन दर्ता गराएका हुन् । आयोगका उच्च स्रोतका अनुसार साम्पाङ स्वयं अध्यक्ष रहने गरी दल दर्ताको प्रक्रिया...

पूर्वराजा शाहबाट विजया दशमीको शुभकामना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजया दशमीको उपलक्ष्यमा नेपाली जनतालाई शुभकामना सन्देश दिँदै राष्ट्रियताको रक्षा, सुशासन र देशको नवनिर्माणमा जोड दिएका छन्। शरद ऋतुको प्रारम्भसँगै आएको यस पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन्। उनको सन्देशमा पूर्वजहरूको...