राजनीति/ समाज
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (असोज २८ गते) विश्वासको मत लिँदै छन्। दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन्। २५ जेठ २०८२ मा नेकपा (एमाले) र माओवादी केन्द्रसहित ६ दलका ५५ सांसदको समर्थनमा जनमत पार्टीबाट सिंह मुख्यमन्त्री बनेका थिए। तर,...
मन्त्री कुलमान घिसिङ र कोरियाली राजदूत पार्क ताइयोङबीच भेटवार्ता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपाल र कोरियाबीचको दीर्घकालीन आर्थिक...
जेनजी आन्दोलनमा भएको क्षतिको विवरण माग्दै कार्की आयोगको आह्वान
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण माग गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको उक्त जाँचबुझ आयोगले राजनीतिक दल, संघसंस्था र व्यक्तिहरूको सम्पत्तिमा क्षति पुगेको भए त्यसको विस्तृत विवरण पेश गर्न आग्रह गरेको हो।...
भोटेकोशीमा ‘जेनजी आन्दोलन’पछि स्थानीय समूहलाई १० प्रतिशत निःशुल्क शेयर
काठमाडौँ। ‘जेनजी आन्दोलन’को नाममा भोटेकोशी गाउँपालिकाको एक समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट १० प्रतिशत निःशुल्क शेयर प्राप्त गरेको छ। भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड नामक समूहले ४५ मेगावाट क्षमताको आयोजनाबाट स्थानीयलाई १० प्रतिशत शेयर दिनुपर्ने माग राख्दै करिब एक महिनादेखि आयोजना ठप्प बनाएको...
सामाजिक सञ्जाल नियमनमा काउन्सिल गम्भीर बन्नुपर्ने सञ्चारमन्त्री खरेलको भनाइ
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक ठूलो शून्यतामा जाने सक्ने जोखिम अझै कायमै रहेको बताएका छन्। उनले मुलुकलाई ट्रयाकभन्दा बाहिर जान नदिन सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए। काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मन्त्री खरेलले प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई अधिकार सम्पन्न र स्वायत्त...
नेविसंघद्वारा मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ। गत भदौ २३ र २४ गते जेनजी युवा आन्दोलनका क्रममा भएका अप्रिय घटनामा उनीहरू संलग्न रहेको आरोप लगाउँदै नेविसंघले जिल्ला प्रहरी...
मन्त्री पुनको जेनजीलाई आग्रह: ‘गुटबन्दी र खुट्टा तानातान नगर्नुहोस्
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्तालाई राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले इतिहासका उदाहरणहरू पेस गर्दै गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले देशलाई बारम्बार कमजोर बनाएको बताएका छन् । मन्त्री पुनले जेनजी पुस्ता र राष्ट्रप्रेमी सम्पूर्ण नेपालीलाई...
ओलीको स्वास्थ्यमा समस्या देखिएपछि एमाले सचिवालय बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबारका लागि तय गरिएको बैठक रद्द गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। शुक्रबार भक्तपुरस्थित ओली निवास गुण्डुमा सुरु भएको सचिवालय बैठक करिब साढे ६ घण्टा चलेको थियो। बैठक राति अबेरसम्म चलेकाले अध्यक्ष ओलीलाई...
राष्ट्रपति पौडेल र जेनजीबीचको छलफल स्थगित, अब सोमबार हुने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको छ। आज (शनिबार) शीतलनिवासमा तय गरिएको बैठक राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्थगित गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। अब उक्त छलफल सोमबार अपराह्न ३ बजे हुने भएको छ। राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिहरूबीच हुने भनिएको...
एमालेले भोलि काठमाडौंमा गर्न लागेको मोटरसाइकल र्यालीमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेनिकटको युवा संघले असोज २५ गते शनिबारका दिन आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली र सभामा रोक लगाउने निर्णय गरेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक सुरक्षामा जोखिम हुन सक्ने भन्दै कुनै पनि व्यक्ति वा समूहलाई र्याली, जुलुस, धर्ना, सभा...










