राजनीति/ समाज

पहिले संसद् विघटन त्यसपछि कार्कीलाई प्रधानमन्त्रीको सपथ

काठमाडौं । दिनभरको छलफलपछि संघीय संसद् विघटन गरी सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने गरी सहमति जुटेको छ । सहमति अनुसार, आजै संघीय संसद् विघटन हुनेछ । त्यसलगत्तै कार्कीलाई प्रधानमन्त्रीको सपथ गराउने तयारी राष्ट्रपति कार्यालयको छ । अहिले राष्ट्रपति भवनमा यस सम्बन्धी आवश्यक गृहकार्य भइरहेको छ । यसअघि...

शीतल निवासमा कडा सुरक्षा, साम्पाङ–घिसिङको नाममा युवाहरूको आन्दोलन

काठमाडौँ । अन्तरिम सरकार प्रमुख नियुक्तिको मागसहित शुक्रबार बिहान युवाहरूले राष्ट्रपति भवन शीतल निवास अगाडि नाराबाजी गरेका छन्। आन्दोलनकारीहरूले हर्क साम्पाङ र कुलमान घिसिङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने जोरदार माग गरेका हुन्। यसअघि शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव आएको भए पनि ती युवाहरू निरन्तर विरोधमा रहेको देखिएको छ। आन्दोलनमा...

शेयर बजार स्थायित्वका लागि धितोपत्र बोर्डलाई ज्ञापनपत्र

काठमाडौँ । पछिल्ला दिनहरूमा देशभर उत्पन्न भएको राजनीतिक अस्थिरता र आन्दोलनका कारण उत्पन्न परिस्थितिले शेयर बजारमा ठूलो प्रभाव पारेको भन्दै ‘पुँजीबजार सुधार अभियान’ अन्तर्गत विभिन्न संघ–संस्थाले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा हालको परिस्थितिमा लगानीकर्ताको मनोबल कमजोर भएको र बजारमा अनावश्यक बिक्री दबाब बढ्दै गएको भन्दै तत्काल शेयर...

राजनीतिक अस्थिरताबीच असोज २ गतेसम्म शेयर बजार बन्द

काठमाडौँ । देशमा पछिल्ला राजनीतिक घटनाक्रमका कारण शेयर बजारमा ठूलो अस्थिरता उत्पन्न हुने संकेत देखिएको छ। यसै कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गतेसम्म शेयर कारोबार अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त...

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लाका नागरिक रहेका छन्। प्रहरीका अनुसार मृतकमध्ये तीन जना प्रहरी र एक भारतीय महिला समेत परेका छन्। हालसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ भने अन्य जिल्लामा पनि...

सिंहदरबारमै नयाँ सरकार गठन हुने : मुख्य सचिव अर्याल

काठमाडौँ । मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकार सिंहदरबारमै गठन हुने र त्यहीँबाट सञ्चालन हुने स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजीको मागअनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताए। सिंहदरबार जलेपछि प्रधानमन्त्रीको कार्यालय नारायणहिटीमा सारिने भन्ने चर्चा चलेपनि त्यसको खण्डन गर्दै...

राष्ट्रपति पौडेलको अपिल: संयमता र संवैधानिक मार्गद्वारा निकास खोजौं

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमतापूर्वक काम गर्न अपिल गरेका छन्। ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु’ विज्ञप्तिमा...

सुन्धारामा युवाबीच झडप, अन्तरिम सरकार गठन अझै अनिश्चित

काठमाडौं । राजधानीको सुन्धारा क्षेत्रमा बिहीबार युवाहरूबीच विवादास्पद झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक सरकारविहीन बनेको अवस्थामा, जेनजी आन्दोलनका नाममा विभिन्न समूहले नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै सडकमा उत्रिएका थिए। मुलुक नेतृत्वविहीन बनेपछि नेपाली सेनाले अस्थायी रुपमा राजनीतिक संवाद थाल्दै युवाहरूसँग छलफल गर्न खोजे पनि,...

अन्तरिम नेतृत्वका लागि सुशीला कार्कीको नाममा सहमति

काठमाडौँ । करिब चार घण्टासम्म चलेको जेन–जी समूहको भर्चुअल (जुम) बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकार्ने तयारी गरेको छ। बैठकमा सहभागी अभियन्ताहरूले प्रधानसेनापतिसँग हुने वार्तामा कुनै राजनीतिक गन्ध आउन नहुने अडान राख्दै राजनीतिक दलसँग प्रत्यक्ष आबद्ध व्यक्ति वा विवादित नेतृत्वलाई अस्वीकार गर्ने निष्कर्ष निकालेका छन्। यस क्रममा...

देशभर नेपाली सेना परिचालन, शान्ति सुरक्षा कायम गर्न अपिल

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै हालैका अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरूले शान्ति पुनःस्थापना, अपराध नियन्त्रण र कानूनी शासन कायम गर्न सबै नागरिकलाई सहयोग गर्न अपिल गरेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनका क्रममा भएको जनधनको...