राजनीति/ समाज

माओवादी धारको बैठक पुनः २६ गते बस्ने

काठमाडौं । माओवादी धारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते पुनः माओवादी धारहरुको बैठक बस्ने भएको छ । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले जानकारी दिए । सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ–आफ्नो...

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरुद्धको रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा आज रिट दर्ता भएको छ । प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने भन्दै दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो । प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा सो अभिव्यक्ति दिएका थिए...

राष्ट्रपति चुनाव : आजदेखि प्रचारप्रसारमा रोक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावलाई लक्षित गर्दै आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारमा रोक लगाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको चुनाव अन्तरगत सार्वजनिक गरिएको तालिका अनुसार, आजबाट प्रचारप्रसाद बन्द गरिएको हो । आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको...

होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले होलीका अवसरमा शुुभकामना व्यक्त गरेका छन् । रंगहरुको पर्व फागु (होली) यो वर्ष आज पहाडी तथा हिमाली एवम् भोलि भित्री मधेस र तराईका जिल्लाहरुमा मनाइँदैछ । होलीका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यो पर्वले राष्ट्रिय एकता कायम...

राष्ट्रपति समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका छन् । शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले सो प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएका हुन् । प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध...

मुख्यमन्त्री शाहले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत पाएका हुन् । प्रदेश सभामा मुख्यमन्त्री शाहलाई कांग्रेसका, नेकपा माओवादी केन्द्रका, नागरिक उन्मुक्ति पार्टीका, एकीकृत समाजवादीका र एक जना स्वतन्त्र प्रदेश सभा...

‘मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो‘’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना व्यक्तिको हत्या भएको बताएका छन् । सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आईतबार गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका...

स्ववियु निर्वाचन : मतदाता नामावली आज सार्वजनिक हुने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपराह्न मतदाता नामावली प्रकाशन हुने भएको हो । आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ ।...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिने भएका हुन् । त्यसअघि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास जारी राखेका छन् । आवश्यक परेमा आजै सर्वदलीय बैठकसमेत बस्न सक्ने मुख्यमन्त्रीका...

ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागे : कमल थापा

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, बाईडबढी, सार्बजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा...