राजनीति/ समाज
सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा
काठमाडौं । युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकमा युवराज आफैं रहेका छन् । मोर्चाले ९ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा सुशीलनाथ योगी, कृष्ण खड्का,...
जसपाद्वारा ८० जनामाथि कारबाहीको सिफारिस
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) द्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो । कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय...
राष्ट्रपति चुनाव : मतदान गर्न मतदाताले परिचयपत्र बोक्नुपर्ने
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनाव र आगामी चैत्र ३ गते हुने उपराष्ट्रपतिको चुनावमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट पारेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी...
सर्वोच्चद्वारा प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । २०७६ माघ १ मा माघीका अवसरमा...
राष्ट्रपति मत माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र
काठमाडौं । आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो लागि मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् । राष्ट्रपतिको आगामी फागुन २५ गते हुने निर्वाचनका लागि मत माग्न डा. प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कासहितका नेताहरूसँग पौडेल रास्वपाको...
राष्ट्रिय सरोकारको विषयलाई उच्च प्राथमिकतामा राखेर समाचार सम्प्रेशण गर्नुपर्छ : सभामुख
मकवानपुर । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले संसद बैठकबाट पारित भएको राष्ट्रिय सरोकारको विषय र जनताप्रति उत्तर दायित्व बहन गर्नेखालको समाचारलाई संचारकर्मीहरुले उच्च प्राथमिकतामा राखेर सम्प्रेशण गर्नुपर्ने बताएका छन् । बागमती प्रदेश सभा सचिवालयद्वारा चितवनको सौराहमा आज आयोजित संचारकर्मीहरुसँग अन्तरक्रिया तथा संसदीय रिपोटिङ सम्बन्धि दुई दिने प्रशिक्षण...
पूर्वकुमारी समिता बज्राचार्य राप्रपामा प्रवेश
काठमाडौं । पूर्वकुमारी समिता बज्राचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले बज्राचार्यलाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरेका हुन् । बज्राचार्य २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् । अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत...
उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी आज कतारको राजधानी दोहा जाने भएका छन् । अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने भएका हुन् । उनको सचिवालयका एक सदस्य विजय गौतमका अनुसार, श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा....
बागमती प्रदेश प्रमुखद्वारा दुई वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम दुई वटा विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए । प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको...
राष्ट्रपति पदका लागि नेवाङले मागे राप्रपाका अध्यक्षसँग मत
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर मत मागेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार पार्टीका नेताहरुसहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् । नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ,...










