राजनीति/ समाज
प्रतिनिधि सभा बैठक बस्दै, आज मन्त्रालयगत बजेटमाथि छलफल
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने...
उपभोक्ता मन्च मकवानपुरमा अधिकारीको नेतृत्व
मकवानपुर । उपभोक्ता मन्च मकवानपुर अध्यक्षमा सुनिल अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको मन्चको जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मन्चको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिव विजय कार्की र गंगाप्रसाद पौडेल, कोषाध्यक्ष सुधिर दाहाल तथा सदस्यमा मिनु अग्रवाल, भूपेन्द्र अधिकारी, भवनाथ अधिकारी, श्यामलाल दुलाल,...
कांग्रेसले देउवा फर्केपछि मात्रै बालकृष्ण खाँणबारे निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि मात्रै गर्ने भएको छ । सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन् । देउवा असार ७ गते स्वदेश फर्किएपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए...
‘मुख्यमन्त्रीलाई कालो झण्डा देखाउँछौँ, सार्वजनिक रुपमै बहिस्कार गर्छौँ’
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कालो झण्डा देखाउने बताएका छन् । शनिबार पत्रकार सम्मेलनमार्फत् उनीहरुले मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने र प्रदेशका मन्त्रीहरुलाई बहिस्कार गर्ने बताए । शुक्रवार सार्वजनिक भएको बागमती प्रदेशको बजेटमा प्रदेशको राजधानी रहेको हेटौंडाको विकास निर्माणको लागि कुनै...
हेटौंडा उपमहानगरको बजेट ११ करोड घट्यो
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि करिब ११ करोड रुपैयाँ कम बजेट सार्वजनिक गरेको छ । शनिवार १३ औँ नगरसभामा बढ्दो आर्थिक मन्दी र घट्दो राजस्व संकलनलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेटको आकार घटाएर सार्वजनिक गरेको हो । उपमहानगरले...
शणनार्थी प्रकरण : १६ जना पुर्पक्षका लागि जेल चलान, दुई धरौटीमा रिहा
काठमाडौं । जिल्ला अदातल काठमाडौंले नेपालीलाई नक्कली भुटानी शणनार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि जेल चलान र २ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु हाल कसूरदार होइनन् भन्न सकिने अवस्था...
बागमती प्रदेश सभाको अर्को बैठक असार १२ गते बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको अर्को बैठक यही असार १२ गते बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठक स्थगित भएको घोषणा गर्दै सो बारे जानकारी गराएको हो । बागमती प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो । प्रदेश सभाको आज अपराह्न बसेको...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख रुपैयाँ विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण जारी छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गरिरहेका छन् । आगामी आर्थिक वर्षमा हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री लामाले उल्लेख गरे ।...
बागमती प्रदेश : स्थानीय तहलाई ४ अर्ब ८३ करोड रुपैयाँ बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसेको प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । प्रदेश सरकारले आगामी आवमा...
बागमती प्रदेशको बजेट भाषण: प्राङ्गारिक मल कारखाना स्थापना गर्न ५ करोड विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण जारी छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गरिरहेका छन् । आगामी वर्षमा सरकारले प्रदेश भित्रका प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारिक मल कारखाना स्थापना गर्न ५ करोड रुपैँया विनियोजन गरेको मन्त्री लामाले उल्लेख गरे...







