राजनीति/ समाज

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक हाल जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको एक मन्त्रीले बताए । बैठकले मुख्यसचिव परिवर्तन र राजदूत नियुक्तिबारे निर्णय गर्ने तयारी रहेको ती मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार, मुख्यसचिव शंकरदास बैरागीलाई अमेरिकाको राजदूत बनाउने र उनको ठाउँमा वैकुण्ठ...

प्रतिनिधि सभा बैठकमा आजबाट विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको भएको हो । बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा...

एमाले मकवानपुरको आयोजनामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम

मकवानपुर । नेकपा एमाले मकवानपुरले हेटौंडामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो क्रममा उनले अहिलेको समाज अराजकर्ताको बाटोतर्फ जाँदै गरेको बताए । उपमहासचिव ज्ञवालीले अहिले राष्ट्रिय राजनीति अप्ठेरो अवस्थामा पुगेको उल्लेख गर्दै एमालेभित्र पनि...

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्का पाए

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् । सभापति देउवा स्वास्थ्य जाँचका लागि गएराति सिंगापुर प्रस्थान गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश...

शरणार्थी प्रकरण : बालकृष्णको तर्फबाट आज पनि बहस जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस आज पनि जारी रहनेछ । खाँणको तर्फबाट २५ जना वकिलहरूले बहस गर्ने भनिएको थियो । तीमध्ये मंगलबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले मात्रै बहस गरेका थिए । बाँकीले भने आज बहस गर्ने भएका छन्...

बागमती प्रदेश सभाको कार्य परामर्श समितिको बैठक आज बस्दै

मकवानपुर । आज बागमती प्रदेश सभाको कार्य परामर्श समितिको बैठक बस्दैछ । प्रदेश सभाको भोलि अर्थात जेष्ठ ३२ गते बिहीबार बस्ने बैठकका लागि आज दिउँसो २ बजे कार्य परामर्श समितिको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त परामर्श समितिको बैठकमा भोलि हुने प्रदेश सभा संचालनको लागि...

नेपाल महिला संघमा मकवानपुरकी मगरसहित ५२ सदस्य थपियो

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघमा ५२ सदस्य थपिएका छन् । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मंगलबार ५२ जना सदस्यलाई मनोनयन गरेका हुन् । मनोनयन हुने सदस्यहरुमा डा. अमिता प्रधान (काठमाडौं), अमृता थापा...

मकवानपुरको समस्यालाई लिएर प्रधानमन्त्री प्रचण्डसँग भेट

मकवानपुर । मकवानपुरको मनहरीमा राष्ट्रिय निकुन्ज र मध्यवर्ति क्षेत्रमा रहेका वासिन्दाहरुले वर्षाैदेखि भोग्नु परेको समस्या समाधानका लागि यहाँका स्थानीय र नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई   भेटेका छन् । मंगलबार मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौला, मकवानपुर क्षेत्र नम्बर–१ का सांसद दिपक बहादुर सिंहलगायत मनहरीका स्थानीय वासिन्दाहरु...

उमेर हद निलम्बनको प्रतिरक्षामा एमाले नेतृत्व

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गरेसँगै पार्टीभित्र असन्तुष्टि बढेपछि नेताहरू प्रतिरक्षामा जुटेका छन् । यही जेष्ठ १९ गते बसेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गरेको हो । उमेर हदको व्यवस्था निलम्बनप्रति नेता/कार्यकर्ताले असन्तुष्टि प्रकट गरेपछि अध्यक्ष केपी शर्मा ओलीदेखि...

बालकृष्णको तर्फबाट १० वकिलको बहस सकियो, बाँकीको भोलि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार बालकृष्ण खाँणको तर्फबाट १० जना वकिलको बहस सकिएको छ । खाँणको तर्फबाट काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले बहस गरेका हुन् । खाणको तर्फबाट पंकज कुमार कर्ण, शेरबहादुर केसी, प्रेम बहादुर खड्का, लक्ष्मी थापा खड्का, एकराज पोखरेल, हरिहर दाहाल,...