राजनीति/ समाज

रास्वपाको चियापानमा दलका नेतालाई आमन्त्रण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दलका नेताहरुलाई आमन्त्रण गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा असार ७ मा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान गर्न लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख,...

सांसद बर्तौलाद्वारा विद्यालय तहका कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको...

बजेट विनियोजन प्रभावकारी भएनः एकनाथ ढकाल

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि परराष्ट्र मन्त्रालयलाई विनियोजन गरिएको बजेट पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयक २०८० अन्तर्गत परराष्ट्र, संचार तथा सूचना प्रविधि र उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा सहभागी हुँदै ढकालले परराष्ट्र मन्त्रालयको लागि चालूतर्फ...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । हिजोको प्रतिनिधि सभाको...

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि सुरु

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आज सोमबारदेखि सुरु हुने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी दिएको हो । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानत ७७...

प्रतिनिधि सभा बैठक बस्दै, आज पाँच वटा मन्त्रालयमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक पनि बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको...

आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न ३ बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा...

रास्वपाद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ । भोलि सोमबार बिहान ७ बजेदेखि बस्ने गरि बैठक आह्वान गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । पार्टी स्थापना भएको एक वर्ष पुगेकाले के कसरी मनाउने भनि छलफल गर्न बैठक आह्वान गरिएको...

नेपाल आउने बुद्धिष्टहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न सांसद ढकालको माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा अपमानजनक व्यवहार हुने गरेको गुनासो आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न मागसमेत गरेका छन् । उनले भने, ‘नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरु हुनुहुन्छ । उहाँहरुले नेपालको...

समाजवादी मोर्चाको घोषणा भोलि हुने

काठमाडौं ।  माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ । समाजवादी...