राजनीति/ समाज
‘सरकार सत्ता टिकाउने काममा लागि परेको छ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो...
कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेकाे छ । बिहीबार आयाेजित १२ ओैं गाउँसभामा पालिका अध्यक्ष लाेकबहादुर मुक्तानले आगामी आव २०८०/०८१ काे नीति तथा कार्यक्रम पेश गरेका हुन् । गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मुक्तानले आगामी वर्ष गाउँपालिकाले...
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । साथै दुई नेताबीच माओवादी...
ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर
काठमाडौं । नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर विजयी भएका छन् । पार्टीको संस्थापन पक्षका उम्मेदवार कुवँरले इतर पक्षका महेन्द्र यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । कुवँरले ४४१ मत पाउँदा यादवले ३७६ मत मात्र प्राप्त गरे । बाँकी १६ पदाधिकारीमा यादव प्यानलका...
नागरिकता विधेयक प्रमाणीकरण : रिट निवेदकको बहस सकियो
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा रिट निवेदकको बहस सकिएको छ । इजलासले रिट निवेदकका लागि दिएको समय १ बजेभित्रै रिट निवेदकका तर्फबाट बहस सकिएको हो । रिट निवेदकका तर्फबाट रिट निवेदकहरु वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, ध्रुव श्रेष्ठ र भद्रप्रसाद नेपालले बहस गरेका...
रास्वपाले पार्टी स्थापना दिवसमा धन्यवाद र क्षमा माग्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना दिवसका अवसरमा धन्यवाद र क्षमा माग्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकबाट धन्यवाद र क्षमा पनि माग्ने निर्णय भएको रास्वपाका सभापति रवि लामिछानेले बताए । पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,...
माओवादीको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने भएको छ । बैठकमा पार्टी एकतासहित संगठनलाई चलायमान बनाउनेलगायतका विषयमा छलफल हुने भएको छ । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि पहल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा यसबारेमा पनि छलफल हुने...
रास्वपाको पहिलो वार्षिकोत्सव आज
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री,...
लेखापरीक्षणका लागि दलहरुसँग आयोगले माग्यो प्रमाण पुग्ने कागजात माग
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ। राजनीतिक दलले बुझाएको आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच्ने कार्य गर्दै छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका...
अतिरिक्त हुलाक खारेज गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण
मकवानपुर । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मकवानपुरले अतिरिक्त हुलाक खारेज गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । एशोसियसन मकवानपुरका अध्यक्ष सानुराज शाह र केन्द्रिय महासचिव अर्जुन सापकोटालगायत एशोसिएसनको समूहले आज जिल्ला प्रहरी, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालय तथा प्रतिनिधिसभा सांसद् द्वय दिपकबहादुर सिंह र महेश बर्तौलामार्फत् केन्द्रिय...









