नागरिकता विधेयक प्रमाणीकरण : रिट निवेदकको बहस सकियो

तु खबर संवाददाता
२०८० असार ७, बिहीबार १५:४५

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा रिट निवेदकको बहस सकिएको छ । इजलासले रिट निवेदकका लागि दिएको समय १ बजेभित्रै रिट निवेदकका तर्फबाट बहस सकिएको हो ।

रिट निवेदकका तर्फबाट रिट निवेदकहरु वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, ध्रुव श्रेष्ठ र भद्रप्रसाद नेपालले बहस गरेका छन् ।

अपरान्ह १ बजेबाट महान्यायाधिवक्ता कार्यालयको तर्फबाट बहस सुरु भएको छ । विपक्षी राष्ट्रपतिको कार्यालयका तर्फबाट सहन्यायाधिवक्ता सूर्यराज दाहालले बहस सुरु गरेका छन् । इजलासले बहसका लागि ढिलोमा ४ः ३० बजेसम्मको समय छुट्टाएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा नागरिकता विधेयकसम्बनधी सुनुवाइ भइरहेको छ ।