राजनीति/ समाज
बागमती प्रदेश सभाको बैठक भोलि बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक भोलि असार १२ गते बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा अपराह्न १ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०–०८१ को अनुमाति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव...
कांग्रेस केन्द्रीय समिति बैठकको माग गर्दै पत्र दर्ता
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको माग गर्दै पार्टी कार्यालयमा पत्र दर्ता गरिएको छ । केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समितिको माग गर्दै पार्टी कार्यालयमा पत्र दर्ता गराएका छन् । विधानतः दुई महिनामा एक पटक केन्द्रीय समितिको बैठक बस्नुपर्छ । अघिल्लो वर्षको असार २७–साउन २ को बैठक बसेको...
मकवानपुरको कुन स्थानीय तहले कति बजेट ल्यायो ?
मकवानपुर । मकवानपुरको ७ स्थानीय तहले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ । जिल्लाको १० स्थानीय तहमध्ये ७ पालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि बजेट ल्याएको हो । जिल्लाको बागमती गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन । बागमतीले असार १५ गते भित्र बजेट ल्याउने बताइएको...
आजको प्रतिनिधि सभामा पनि सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीहरूले दिने
काठमाडौं । आज प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा...
जसपाको विधान अधिवेशन आज पनि जारी रहने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज पनि जारी रहेको छ । सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुँदैछ । हिजो आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए । सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा...
मकवानपुरका ७ स्थानीय तहले आज बजेट ल्याउँदै
मकवानपुर । मकवानपुरका सात स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि आज बजेट ल्याउँदै छन् । यसअघि ३ वटा स्थानीय तहले भने बजेट सार्वजनिक गरिसकेका छन् । मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाले आज बजेट ल्याउन लागेका हुन्...
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको संगठन सुदृढ र चलायमान...
प्रतिनिधि सभामा उठेका प्रश्नको आजदेखि मन्त्रीहरुले जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । त्यसैगरी, आजदेखि बैठकमा...
जसपाको विधान अधिवेशन आजदेखि सुरु
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेसन आजबाट सुरू हुँदैछ । आजदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अनुमोदन गरेको मस्यौदा आज विधान महाधिवेसनमा पेश हुन लागेको हो । जसपाका प्रवक्ता मनिष...
जसपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । भोलिदेखी सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलि देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा विधानलाई...









