प्रतिनिधि सभामा उठेका प्रश्नको आजदेखि मन्त्रीहरुले जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट बस्ने भएको हो ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
त्यसैगरी, आजदेखि बैठकमा मन्त्रीहरूले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यको सुरुवात हुनेछ । जसअनुसार आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
बजेट छलफलको क्रममा सांसद्हरुले समावेसी वितरण नभएको आरोप लगाइरहेका छन् । सत्तारुढ दलहरूले नै असन्तुष्टि जनाएपछि बजेटका केही बुँदा संशोधन गरेर पारित गर्ने तयारीमा सरकार जुटेको छ ।
