राजनीति/ समाज
समाजवादी मोर्चा घोषणा गर्न प्रचण्ड आज हेटौंडा आउँदै
मकवानपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज हेटौंडा आउने भएका छन् । समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय समिति घोषणा गर्न प्रचण्ड हेटौंडा आउन लागेका हुन् । उनीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव...
बागमती प्रदेश सभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । गत भदौं २० गते अपराह्न १ बजे बस्ने भनिएको बैठक सरेर आज बस्ने भएको हो । बैठक बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, सो बैठकमा शून्य...
समाजवादी मोर्चा घोषणा गर्न प्रचण्ड भोलि हेटौंडा आउने
मकवानपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि हेटौंडा आउने भएका छन् । समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय समिति घोषणा गर्न प्रचण्ड हेटौंडा आउन लागेका हुन् । उनीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव विप्लव हेटौंडा...
ध्रुवराज ढकालले पाए प्रेस सेन्टर मकवानपुर इन्चार्जको जिम्मेवारी
हेटौंडा । मकवानुरमा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय धु्रवराज ढकालले प्रेस सेन्टर नेपालको मकवानपुर इन्चार्जको जिम्मेवारी पाएका छन् । सेन्टरको केन्द्रीय पदाधिकारी बैठकले केन्द्रीय सदस्यसमेत रहेका ढकाललाई मकवानपुर इन्चार्जको जिम्मेवारी दिएको हो । उनी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) का केन्द्रीय सदस्यसमेत हुन् । मकवानपुर इन्चार्जको जिम्मेवारी पाएसँगै ढकालले...
वीपीको जन्मजयन्तीमा वरिष्ठ नेता कोइराला हेटौंडा आउने
मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेस मकवानपुरको आयोजना तथा वीपी विचार समाज मकवानपुरको संयोजनमा हुने कार्यक्रममा सहभागी हुन उनी भदौ २४ गते हेटौंडा आउने भएका हुन् । जननायक वी.पी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा हेटौंडा उपमहानगरपालिका – ११ स्थित...
मुख्यमन्त्री जम्कट्टेलले गरे न्वागी पर्वको उद्घाटन
मकवानपुर । चेपाङ समूदायको सांस्कृतिक राष्ट्रिय न्वागी पर्व समारोहको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्वर– ५ स्याङग्रीमा उद्घाटन गरेका छन् । त्यस अवसरमा उनले चेपाङ समूदायको वर्गीय उथ्थान र आर्थिक आत्मनिर्भरताको लागि केन्द्र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । उनले चेपाङ समूदायको वर्गीय हितको...
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यही भदौ २४ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संसद् सचिवालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो । सचिवालयका अनुसार, अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको...
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाको २५ औँ बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्नेछन् । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाट “प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक” माथि...
संविधान दिवस मनाउन एमालेद्वारा पार्टी पंक्तिलाई परिपत्र
काठमाडौं । नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ । पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए । ‘नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधान बनेको दिनलाई उत्सवका रुपमा...
संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो । संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत...










