राजनीति/ समाज

एमाले लुम्बिनी अधिवेशन : मतदान सकियो, ९६५ मत खस्यो

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरू भएको मतदान सकिएको हो । मतदानमा दिउँसो १ बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नेहरुले मात्रै मत हाल्न पाउने व्यवस्था गरिएको थियो । जसअनुसार, ९६५ मत खसेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए । बुटवल अन्तर्राष्ट्रिय...

बागमती प्रदेश सभाको बैठक सर्यो

मकवानपुर । बागमती प्रदेश सभाको भोली भदौं २० गते अपराह्न १ बजे बस्ने भनिएको बैठक सरेको छ । बैठक यही भदौं २४ गते बिहान साढे ११ बजे बस्ने गरी सरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । भोलि बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार भदौ...

कांग्रेस अनुशासन समितिद्वारा उजुरीमाथि छानबिन

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया सुरु गरेको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया सुरु गरेको हो । कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ४३ जिल्लाबाट दुई हजार ३००...

एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने भएको छ । सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान संचालन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो । अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा...

कांग्रेस बागमतीका सचेतक काफ्लेले दिए पदबाट राजीनामा

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेश सभा सदस्य समेत रहेका काफ्लेले  संसदीय दलका नेता बहदुर सिं लामालाई राजीनामा पत्र बुझाएका हुन् । राजिनामा पछि सामाजिक संजालमार्फत जानकारी गराउँदै उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको...

जसपाद्वारा केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्य विभाजन गरेको छ । केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यको कार्यविभाजन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, प्रशासनिक कार्य सञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र...

त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत् थालनी गरेका हुन् । विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णयहरु

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा सोमबार साँझ बसेको बैठकले विभिन्न निर्णयहरु गरेको बागमती सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ५ निवासी कृष्ण कुमारी बस्नेतलाई प्रदेश नीति...

भदौ २२ गते सार्वजनिक विदा दिने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा यही भदौ २२ गते प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने...

कांग्रेसद्वारा बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । पार्टीका सहमहामन्त्री बद्री पाण्डेको नेतृत्वमा ३८ सदस्यीय तयारी समिति गठन गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले भदौ २४, २५ र २६ गते हुने बीपी साहित्य महोत्सव सम्पन्न गर्न यसअघि नै सहमहामन्त्री पाण्डेलाई...