राजनीति/ समाज

कांग्रेस मकवानपुरका सभापति लामाद्वारा दोषिमाथि कारबाहीको माग

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कांग्रेस केन्द्रीय सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको घटनालाई लिएर दोषिमाथि कारबाहीको माग गरेको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले सो घटनाका दोषि र आक्रमण गर्नको लागि प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नेको पहिचान गरी तत्काल कारबाहीको...

गृहमन्त्रीको राजीनामा माग्दै मकवानपुरमा मसाल जुलुससहित प्रदर्शन

हेटौंडा । नेपाल तरुण दल र नेवि संघ मकवानपुरले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै हेटौंडामा मसाल जुलुससहित प्रदर्शन गरेको छ । विहीबार साँझ हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । तरुण दलका युवाहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका...

मकवानपुर, चितवन र धादिङमा भोलि सार्वजनिक विदा

मकवानपुर । सिमान्तकृत चेपाङ समूदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले भोलि भदौ २२ गते ३ जिल्लामा सार्वजनिक विदा दिएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले भोलि बागमतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानूनमन्त्री...

तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । बुधबार खुकुरी आक्रमणमा परेका यादवको अहिले ट्रामा सेन्टरमा उपचार भइरहेको...

कांग्रेस सहमहामन्त्री यादवमाथि धारिलो हतियारले आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीमाथि खुकुरी हानेको आरोपमा श्यामबहादुर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, खुकुरी प्रहारबाट...

लोसपाले वडासम्म समीक्षा र सुधार अभियान चलाउने

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केन्द्रदेखि वडा तथा वुथ कमिटीसम्म समीक्षा र सुधार अभियान चलाउने भएको छ । मंगलबार महोत्तरीको बर्दिबासमा बसेको लोसपा मधेश प्रदेशको विस्तारित बैठकले अभियान चलाउने निर्णय गरेको हो । मंगलबार जनकपुर पार्टी कार्यालयमा लोसपाले पत्रकार सम्मेलन आयोजना गरी मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले...

एमाले लुम्बिनी अधिवेशन : अध्यक्षमा कँडेल विजयी

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार, अध्यक्षका प्रत्याशी हरि रिजाललाई पराजित गर्दै कँडेल विजयी भएका हुन् । विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा रिजालले भने ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी,...

एमाले लुम्बिनी अधिवेशन : मतदान सकियो, ९६५ मत खस्यो

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरू भएको मतदान सकिएको हो । मतदानमा दिउँसो १ बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नेहरुले मात्रै मत हाल्न पाउने व्यवस्था गरिएको थियो । जसअनुसार, ९६५ मत खसेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए । बुटवल अन्तर्राष्ट्रिय...

बागमती प्रदेश सभाको बैठक सर्यो

मकवानपुर । बागमती प्रदेश सभाको भोली भदौं २० गते अपराह्न १ बजे बस्ने भनिएको बैठक सरेको छ । बैठक यही भदौं २४ गते बिहान साढे ११ बजे बस्ने गरी सरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । भोलि बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार भदौ...

कांग्रेस अनुशासन समितिद्वारा उजुरीमाथि छानबिन

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया सुरु गरेको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया सुरु गरेको हो । कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ४३ जिल्लाबाट दुई हजार ३००...