राजनीति/ समाज
बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्मकट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा प्रदेशको वर्तमान...
कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन आजबाट
बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजबाट सुरु हुँदैछ । मुलुक प्रादेशिक संरचनासहितको संघीयतामा गएपछि कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीको बुटवलबाट सुरु हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र...
गण्डकीका प्रदेश प्रमुखले पाए बागमतीको कार्यभार
मकवानपुर । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बागमती प्रदेश प्रमुखको कार्यभार पाउने भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको अनुपस्थितिमा गण्डकीका प्रमख गुरुङले बागमतीको कार्यभार पाउने भएका हुन् । प्रमुख शर्मा भोलि मंसिर १६ गतदेखि २१ गतेसम्म चीन भ्रमणमा जाँदैछन् । उनको अनुपस्थितिमा गण्डकीका प्रमुख गुरुङले बागमतीको पनि...
नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाण पनि थुनामै रहने
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पनि थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले शुक्रबार सो प्रकरणमा पक्राउ परेका खानलाई थुनामै राख्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने...
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीलाई थुनामै राख्ने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्ने भएको छ । उच्च अदालत पाटनले शुक्रबार सो प्रकरणमा पक्राउ परेका रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको...
राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका स्वीकृत
काठमाडौं । निर्वाचन आयोगको बिहीबार बसेको बैठकबाट राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार एक सूचना जारी गरी बैठकले आगामी माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरेको जानकारी गराएका हुन् । उनका अनुसार, उक्त निर्वाचनको लागि मंसिर २४...
कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा हुने
मकवानपुर । नेपाली कांग्रेस बागमती कार्यसमितिले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौंमा गर्ने भएको छ । प्रदेश कार्यसमिति गठनपछि पहिलो पटक बागमती प्रदेशको सम्मेलन गर्न लागिएको हो । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता...
एकीकृत समाजवादीको सचिवालय बैठक बोलायो
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक यही मंसिर १८ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाइएको हो । सो बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल गर्ने नेताहरूको तयारी छ ।
दुई देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राजदूत नियुक्त गरेका हुन् । नियुक्त हुने राजदुतहरुमा दानबहादुर तामाङ र रामप्रसाद सुवेदी रहेका छन् । तीमधये दाबहादुरलाई गणतन्त्र मोजाम्बिकको लागि र रामप्रसादलाई इटालीका लागि...
बागमतीका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सर्वदलीय बैठक आव्हान गरेका छन् । बागमती प्रदेशको संसदीय समितिको सभापति चयनका गर्ने विषयमा छलफल गर्न यही मंसिर १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्मकट्टेलले सर्वदलीय...









