राजनीति/ समाज

अपाङ्गता भएका व्यक्तिको निःशुल्क बीमा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । पालिका अध्यक्ष राजकुमार मल्लले आइतबार विश्व अपाङ्गगता दिवसको अवसरमा सम्पन्न संवाद कार्यक्रममा बोल्नु सो घोषणा गरेका हुन् । अध्यक्ष मल्लले अपाङ्गता भएको व्यक्तिहरुलाई पहिलो प्राथमिकता साथ निःशुल्क स्वास्थ्य बीमा गरिदिनुका साथै आयआर्जनको लागि विभिन्न...

आज एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको महासचिव घनश्याम भुसालले जानकारी दिए । उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने उनको भनाई छ ।

प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति उम्मेदवार हुन नपाउने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । आइतबार आयोगले एक सूचना जारी गर्दै आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति...

पुस १६ भित्र अभियानको समीक्षात्मक प्रतिवेदन पठाउन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष रूपान्तरण अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रका पठाउन निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि ७५३ वटै पालिकाको वडामा संचालन भएको तीन महिने अभियान बिचमा दसैँ, तिहार, छठ लगायत चाडपर्व परेकाले एक महिना थप गरेर पुषमा प्रतिवेदन पठाउन निर्देशन दिइएको हो...

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई पुगेका उनी आज स्वदेश फर्कने भएका हुन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ साढे बजे स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तय गर्न भोलि मंसिर १८ गते सोमबार बस्ने गरी आह्वान गरिएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रिय सभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव...

कांग्रेस जिल्ला भेला पुस ३ गतेमा हुने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेला आगामी पुस ३ गते हेटौंडामा हुने भएको छ । पार्टीको जिल्ला अधिवेशन, स्थानीय, प्रदेश र संघको निर्वाचनको समिक्षा र आगामी सांगठनिक गतिविधि तय गर्नका लागि जिल्ला भेला आव्हान गरिएको हो । जिल्ला भेलाको तयारी तीब्र पारिएको छ । सम्मेलनका विषयमा हेटौंडा–२ स्थित पार्टी...

हरेक क्षेत्र अपाङ्गमैत्री बनाइनुपर्छ : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन् । अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले सो कुरामा जोड दिएका हुन् । उनले भने, ‘हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, सार्वजनिक यातायातका...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक बस्दैछ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक यही मंसिर २४ र २५ गते काठमाडौँमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत...

बागमती प्रदेश प्रमुख पाँच दिने भ्रमणका लागि चीन प्रस्थान

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुद यादवचन्द्र शर्मा पाँच दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेका छन् । प्रदेश प्रमुख शर्मा पाँच सदस्यीय टोलीसहित शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । जनवादी गणतन्त्र चीनको युनान प्रदेशबाट भ्रमणको लागि निमन्त्रण भई आएकाले उनीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । प्रदेश...