राजनीति/ समाज

एक वर्ष यही सरकारले निरन्तरता पाउँछ: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकारले आगामी एक वर्ष निरन्तरता पाउने बताएका छन् । उनले सो अवधिमा एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुनेसमेत बताए । उनले कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै एक वर्ष वर्तमान सरकारले निरन्तरता पाउँदा विकासको मोडालिटी...

गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति अस्पताल भर्ना भएका छन् । उनी गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका हुन् । हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था स्थिर रहेको गृहमन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । गत असोज ३० देखि कात्तिक १ गतेसम्म उनी...

एकीकृत समाजवादीद्वारा विधान हेरफेर गर्न कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीद्वारा विधानमा हेरफेर गर्न कार्यदल गठन गरिएको छ । सो पार्टीले आगामी माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गरिने भएकाले त्यसका लागि गृहकार्य गर्न कार्यदल गठन गरिएको हो । कार्यदलको संयोजकमा संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाल रहेको...

एकीकृत समाजवादीको महाधिवेशन जेठमा गर्ने निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशन जेठमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो । उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार, बैठकले आगामी २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि सो...

जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजबाट सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजबाट सुरु हुने भएको छ । प्रशिक्षण रुपन्देहीको श्रीलंका गेष्ट हाउसमा हुने भएको हो । तीन दिनसम्म संचाmन हुने प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् । सो प्रशिक्षणमा लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय...

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहने

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहेनछ । सोमबार सुरु भएको सचिवालय बैठक आज पनि जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी कार्यालयमा बस्ने भएको हो । यसअघि...

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर...

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितलाई अस्थायी आवास निर्माणको लागि एकमुस्ट ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संचारकर्मीहरुसँग कुराकानी गर्दै जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि सो रकम उपलब्ध गराइने घोषणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित...

“संघीयता कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ”

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय देशमा तीन वटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान...

जिसस मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न भएको हो । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय...