राजनीति/ समाज
४१ सयभन्दाबढी मतले डोरमणि पौडेल पनि विजयी
मकवानपुर । वाम गठबन्धनका तर्फबाट प्रदेशसभा उम्मेदवार डोरमणि पौडेल भारि मतसहित विजयी भएका छन् । ४१ सय २२ मत ल्याएर पौडेलले लोकतान्त्रिकका तर्फबाट उम्मेदवार अशोक शाक्यलाई पराजित गरेका छन् । केही बेरमा यसको आधिकारिक घोषणा हुनेछ । पौडेलले २० हजार ७ सय ३ मत पाएका छन् भने शाक्यको जम्मा...
सप्तरी–२ मा संघीय फोरम अध्यक्ष यादव विजयी
सप्तरी, २३ मंसिर : सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन् । जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्र का...
इन्द्रबहादुर बानियाँ १४ सय बढी मत ल्याई विजयी
मकवानपुर । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा २ प्रदेशसभा खका उम्मेदवार इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । करीव १४ सय मतले उनी विजयी भएका छन् तर यसको आधिकारिक घोषणा हुन बाँकी रहेको पत्रकार रुपेश दुलालले जानकारी दिएका छन् । उनका निकटम प्रतिद्वन्द्वी राजाराम स्याङतानले करीव १४ सय कम मत प्राप्त...
कृष्ण दाहाललाई भेट्न कमल थापालाई हम्मे
मकवानपुर । बाम गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार कृष्ण दाहालले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापालाई लगातारजसो पछाडि पारिरहेका छन् । भर्खरै माइकबाट घोषणा गरिएको परिणाम अनुसार, कृष्ण दाहालले २४ हजार ६ सय मत सहित अघि छन् । उनलाई पछ्याइरहेका कमल थापाले १९ हजार ९ सय ९१ मत...
कास्कीमा वाम गठबन्धनको अग्रता कायमै
पोखरा, २३ मंसिर (रासस): प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको अग्रता कायमै छ । पछिल्लो मतपरिणमअनुसार प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले १२ हजार ७९९ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका यज्ञबहादुर थापाले आठ हजार ७०१ मतले पछ््याइरहनुभएको...
वाम गठबन्धनका शंकर पोखरेल विजयी
मकवानपुर । दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पोखरेलले कांग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् । ५ नम्बर प्रदेशको मूख्यमन्त्रीको रुपमा चर्चामा रहेका पोखरेलले २० हजार ७२७ मत पाएका छन् ।
डा भट्टराई तीन हजार मतले अगाडि (ताजा मतपरिणाम)
गोरखा, २३ मंसिर/रासस : प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन् । आज बिहानसम्म ४१ हजार १२२ मतगणना हुँदा डा भट्टराईले २० हजार ८९७ र श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गरेका छन् ।...
कालकोटबाट महेन्द्रबहादुर शाही बिजयी
मकवानपुर । प्रदेश नम्बर ६ कालिकोटबाट प्रदेशसभामा महेन्द्रबहादुर शाही बिजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम मत परिणाम अनुसार, शाहीले १२ हजार १ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् काँग्रेसका कालीबहादुर शहकारीलाई हराएका हुन् । शहकारीले ९ हजार ३ सय ४२ मत पाएका छन्...
मकवानपुरमा कमल थापालाई पछि पार्दै कृष्ण दाहाल अगाडि (हेर्नुहोस् ताजा मतपरिणाम)
मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ को मतगणना जारी छ । यो मतगणनासम्म आईपुग्दा वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण दाहालले उपप्रधान तथा उर्जा मन्त्री कमल थापालाई पछि पार्दै अग्रता कायम गरेका छन् । उनले २२८ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं उपप्रधान...
कालीकोटका प्रदेशमा वाम गठबन्धन विजयी
कालीकोट, २३ मंसिर (रासस) : एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश (क)र (ख)मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा कबाट नेकपा (एमाले)का कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गर्नुभएको छ...









