इन्द्रबहादुर बानियाँ १४ सय बढी मत ल्याई विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार १८:११

मकवानपुर । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा २ प्रदेशसभा खका उम्मेदवार इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । करीव १४ सय मतले उनी विजयी भएका छन् तर यसको आधिकारिक घोषणा हुन बाँकी रहेको पत्रकार रुपेश दुलालले जानकारी दिएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी राजाराम स्याङतानले करीव १४ सय कम मत प्राप्त गरी परिजित भएका छन् । बानियाँले १९ हजार २ सय ४५ मत प्राप्त गरेका छन् भने राजारामले १७ हजार ८ सय ३३ मत प्राप्त गरेका छन् ।

पत्रकार सुजन विडारीले बताए अनुसार, केही बेरमा निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्दैछ ।

बानियाँ पूर्व गृहराज्यमन्त्री तथा हाल नेपाली काँग्रेस मकवानपुरका सभापति पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*