राजनीति/ समाज
हेटौँडा १२ र १४ मा लोकतान्त्रिक गठबन्धनको चुनाबी सभा
मकवानपुर, १८ मंसिर । लोकतान्त्रिक गठबन्धनले हेटौँडा १२ र १४ मा चुनावी सभा गरेको छ । आईतबार हेटौँडा–१४ मयुरधाप र हेटौँडा १२ पदमपोखरीमा चुनाबी सभा सम्पन्न गरिएको हो । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यता तथा मकवानपुर...
‘अब नेपालीको सुखको दिन आयो’–न्यौपाने
हेटौँडा, १८ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले राष्ट्र जोगाउन वाम एकता भएको बताएका छन् । वाम शक्तिहरुको वर्चश्व हुँदा हुँदै पनि वाम शक्तिहरु अलग अलग रुपमा रहेकोले देशले सोचजस्तो गति लिन नसकेको उनको भनाई थियो । आइतबार हेटौंडा १६,१७ र १८ नम्बर वडाको हटियामा भएको...
मातृ शोकमा परेका मैनालीको यस्तो छ जनताप्रति चिन्ता
मकवानपुर १७ मसिंर । नयाँ शक्ति पार्टी मकवानपुरका प्रदेशसभा क्षेत्र नम्वर १ (ख) का उम्मेदवार राजन मैनालीले आमाको असमायीक निधनको कारण आफु चुनाव प्रचारको क्रममा जनताको घर दैलोमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । तु खबर संग कुराकानी गर्दै मैनालीले आफु जनताको घरदैलोमा पुग्न नसकेपनि जनताले नयाँ शक्तिको...
नयाँ शक्तिका उम्मेदवार एमालेमा प्रवेश
काठमाडौँ, १७ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेक्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा (एमाले)...
बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही –अध्यक्ष ओली
विराटनगर, १७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताउनुभयो । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)द्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा उहाँले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही भएको आरोप लगाउनुभयो ।...
नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश नगरेको भन्दै विज्ञप्ती
मकवानपुर, १७ मंसिर । नयाँ शक्ति मकवानपुरको सदस्यता परित्याग गरी यहि मंसिर १५ गते माओवादी केन्द्रमा प्रवेश गरेको समाचार लगत भएको भन्दै नयाँ शक्तिका ५ जनाले विज्ञप्ती जारी गरेका छन् । जारी गरिएको विज्ञप्ती अनुसार, नयाँ शक्तिको एजेण्डामा सहमत भई हालसम्म पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमै क्रियाशील भएको...
हेटौंडामा राति ११ बजे कार्यकर्ता सम्बोधन गर्दै डाक्टर बाबुराम भट्टराईले के भने ?
मकवानपुर, १७ मंसिर । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति फरक एजेण्डासहित आएकोले यो पार्टी अन्य पार्टी जस्तो नभएको बताएका छन् । गए राति ११ बजे हेटौंडा आइपुगेका भट्टराईले कार्यकर्तालाई होटल लिडोमा छोटो सम्बोधन गर्दै नयाँ शक्तिले महत्वपूर्ण जीत हाँसिल गर्ने दावी गरेका...
‘लोकतन्त्र रोज्ने की अधिनायकवाद : प्रधानमन्त्री देउवा
भीमदत्तनगर, १६ मंसिर/रासस : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उनले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गरे...
एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल
काठमाडौँ, १६ मंसिर/रासस : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज सहभागी भए । नेता नेपाललगायत वाम गठबन्धनका उम्मेदवारलाई मत माग्ने उद्देश्यका साथ शुक्रबार आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौँ आइपुगेका अध्यक्ष दाहाल आज पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका हुन...
प्रत्येक गाउँपालिकामा सिप विकास केन्द्र स्थापना गर्छु : डिना उपाध्याय
मकवानपुर, १५ मंसिर । आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले रोजगारी सृजनाको लागि प्रत्येक गाउँपालिकामा सीप विकास केन्द्र स्थापना गर्ने उद्घोष गरेकी छिन् । शुक्रबार मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेमा भएको चुनावीसभामा उनले नेपाली समाजमा बेरोजगारी समस्याले जरो गाडेको भन्दै...









